बुधबार, असार १७,२०८३ 07:36:55
Bizshala
  • बुधबार, असार १७,२०८३ 07:36:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति २ लाखका दरले राहात, जोखिमयुक्त सडकमा रातको समय गाडी चलाउन अनिश्चितकालीन रोक

Laxmi Sunrise Bank Limited
बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति २ लाखका दरले राहात, जोखिमयुक्त सडकमा रातको समय गाडी चलाउन अनिश्चितकालीन रोक

काठमाण्डौ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा फैलिएको बाढीपहिरोबाट प्रभावित जनतालाई तत्काल राहत र उद्धारका लागि सरकारले समन्वित रूपमा अभियान अघि बढाएको छ। आइतबार बसेको मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) दुवै निकायले प्रभावित परिवारका लागि तत्कालीन राहत, उद्धार र पुनर्स्थापनाका कार्यहरू तीव्र पार्ने निर्णय गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

बैठकले हालसम्म मनसुन वर्षाका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, मृतकका परिवारलाई मापदण्डअनुसार राहत उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचारका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

यससँगै, प्राधिकरणले पनि बाढी र पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। कार्यकारी प्रमुख इ. दिनेश प्रसाद भट्टका अनुसार, क्षति पुगेका सबै जिल्लामा तत्काल उद्धार र राहतका कार्य निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको छ।

भट्टका अनुसार सबैभन्दा बढी क्षति पुगेको इलाम जिल्लाका लागि ७० लाख रुपैयाँ तत्काल उपलब्ध गराइएको छ। “इलाममा बाढीपहिरोको क्षति व्यापक भएकाले त्यहाँका पीडित परिवारका लागि तुरुन्त ७० लाख पठाइएको हो,” उनले बताए। अन्य जिल्लामा भने पहिले नै जिल्ला विपद् कोषमा पर्याप्त रकम रहेकोले त्यहीँबाट राहत वितरण गर्न भनिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मनसुन प्रतिकार्य कमाण्ड पोस्टको निर्णयअनुसार बाढीपहिरोले प्रभावित जिल्लाहरूमा खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्य निरन्तर अघि बढाइनेछ। अवरुद्ध सडक तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने, उच्च जोखिम भएका क्षेत्रमा सवारीसाधनको आवागमन नियन्त्रण गर्ने, तथा खानेपानी, बिजुली र टेलिकम जस्ता अत्यावश्यक सेवामा अवरोध नआउने गरी व्यवस्था मिलाउने निर्देशन पनि बैठकले दिएको छ।जोखिमयुक्त सडकमा रात्रिकालीन समयमा गाडी चलाउन अनिश्चितकालका लागि रोक लगाउने निर्णय समेत भएको छ । 

सरकारले उद्धार तथा राहतमा सुरक्षाकर्मी, स्थानीय प्रशासन, स्वयंसेवक, निजी क्षेत्र र गैरसरकारी संस्थाहरूलाई संयुक्त रूपमा परिचालन गर्ने तयारी गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.