काठमाण्डौ । जिल्ला प्रशासन कार्यायल काठमाण्डौले गृह मन्त्रालयको निर्देशनअनुसार सोमबार काठमाण्डौ जिल्लाभित्र सार्वजनिक विदा नरहेको प्रष्ट पारेको छ।
प्रशासन कार्यालयले राति १० बजे एक अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै हाल मौसममा सुधार आएको र जोखिमको अवस्था टरिसकेको उल्लेख गर्दै सोमबारका दिन १० बजेदेखि कार्यालय समयसम्म काठमाण्डौ जिल्लाका सबै प्रकारका सरकारी कार्यालय, संस्थानहरु र स्थानीय तहहरुबाट हुने सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न तथा सोहीअनुसार कर्मचारीहरुको उपस्थितिको व्यवस्था मिलाउन निर्देशन जारी गरेको छ ।
यो निर्देशनसँगै भोलि सेयर बजार समेत खुल्ने सम्भावना बढेको छ ।
आइतबार राति ८ः३० बजे बिजशालाले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग कुराकानी गर्दा सोमबार बजार खुल्ने सम्भावना नरहेको बताएका थिए । तर, राति १० बजे जिल्ला प्रशासन कार्यालयको निर्देशन आएकोले सेयर बजार समेत खुल्ने सम्भावना बढेको हो ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।