काठमाण्डौ । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा बिहानैदेखि बिना अवरोध सवारी आवगमन भईरहेको छ । यी राजमार्गमा आज बिहान ६ बजेदेखि यातायात सेवा सञ्चालनमा आएका हुन् ।
गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण यी सडकमा आइतबार राति ९ बजेपछि सवारी आवगमन बन्द गरिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले सावधानीपूर्वक यात्रा गर्न सबैमा आग्रह गरेको छ ।