शनिबार, मंसिर ६,२०८२ 04:30:35
IME remit
  • शनिबार, मंसिर ६,२०८२ 04:30:35
IME remit
Global IME Bank Limited

इजरायल र हमासबीच युद्धविराम भएको ट्रम्पको घोषणा, संयुक्त राष्ट्रका महासचिवले गरे स्वागत

Hyundai Nepal
इजरायल र हमासबीच युद्धविराम भएको ट्रम्पको घोषणा, संयुक्त राष्ट्रका महासचिवले गरे स्वागत
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले अमेरिकी गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको घोषणा गरेका छन् ।

ट्रुथ सोशलमा ट्रम्पले पोस्ट गरेका छन्, ‘यसको अर्थ सबै बन्धकहरूलाई छिट्टै रिहा गरिनेछ र इजरायलले तोकिएको सीमामा आफ्ना सेना फिर्ता गर्नेछ। यो बलियो, स्थिर र दिगो शान्तितर्फको पहिलो कदम हुनेछ। सबै पक्षहरूलाई निष्पक्ष रूपमा व्यवहार गरिनेछ।’

CG Motors
New Office
Garima Development Bank

ट्रम्पले लेखेका छन्, ‘यो अमेरिका, अरब र मुस्लिम संसार, इजरायल र यसका सबै छिमेकीहरूका लागि महत्त्वपूर्ण र ऐतिहासिक दिन हो।’  

यस विषयमा मध्यस्थता गरेकोमा अमेरिकी राष्ट्रपतिले कतार, इजिप्ट र टर्कीलाई धन्यवाद दिएका छन् । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले गाजामा युद्धविरामको घोषणा र बन्धकहरूलाई रिहा गर्ने सम्झौताको स्वागत गरेका छन् ।  

एन्टोनियो गुटेरेसले ट्वीटरमा लेखेका छन्, ‘यो सम्भव भएको संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्कीका कूटनीतिक प्रयासहरूको म प्रशंसा गर्दछु। म सम्बन्धित सबै पक्षहरूलाई सम्झौताका सर्तहरूको पूर्ण पालना गर्न आह्वान गर्दछु।’ गाजामा तत्काल मानवीय सहायताका लागि अपिल गर्दै उनले यो सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्र संघले पूर्ण सहयोग गर्ने बताए ।

Laxmi Sunrise Bank Limited
Shivam Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.