काठमाण्डौ । सरकारले जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड निष्कासन गर्न स्वीकृति दिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चरणबद्ध रूपमा ऊर्जा बन्ड निष्कासन गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।
सरकारको यो पहलले जलविद्युत् परियोजनाहरूका लागि आवश्यक वित्तीय स्रोत जुटाउने र ऊर्जा क्षेत्रमा लगानी प्रवाहलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।