बुधबार, श्रावण २०,२०८३ 07:51:22
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 07:51:22
Bizshala
Global IME Bank Limited

महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी बिगो दाबी

महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी बिगो दाबी
New Office

काठमाण्डौ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध सुन तस्करी प्रकरणमा औपचारिक रूपमा मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेले महराविरुद्ध मुद्दा दर्ता भइसकेको पुष्टि गरेका छन्।

महरामाथि करिब ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँको आर्थिक बिगो र तीन वर्षभन्दा बढी कैद सजायको मागदाबी गरिएको छ। अब उनीविरुद्धको थुनछेक बहस मंगलबारदेखि सुरू हुने भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले महरालाई आइतबार पक्राउ गरेको थियो। उनीमाथि विद्युतीय चुरोट (भेप) भित्र लुकाइएका सुनलाई विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ।

यो प्रकरणको जड २०७९ पुस १० गते को हो, जब फ्लाई दुबईको फ्लाइट नम्बर एफजेट–०५८७ मार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोंग का दुई सुटकेसमा भेप भेटिएको थियो। शंका लागेपछि विमानस्थल भन्सारले ती वस्तु नियन्त्रणमा लिएको थियो। तर, पासपोर्ट फिर्ता पाएपछि हानसोंग अर्को दिन नै काठमाडौं छाडेका थिए, जबकि भेप भन्सारमै थन्किएको थियो।

पछिल्लो चरणमा सो भेप साटिएको शंका उठेपछि, २०८० वैशाख २६ गते भन्सार विभागले CIB लाई पत्राचार गरी अनुसन्धान गर्न अनुरोध गरेको थियो। दुई महिनाको अनुसन्धानपछि CIB ले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको थियो र भन्सारका नासु रेवन्त खड्का सहित ६ जनामाथि मुद्दा दायर गरेको थियो।

पछि दायर गरिएको पूरक अभियोजन अन्तर्गत चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, साथै राहुल महरा र नीमा गुरुङ लाई पनि मतियार (सहयोगी) को भूमिकामा मुद्दा दायर गरिएको छ।

यसै क्रममा महरा संलग्नताको आरोप रहेको उक्त फाइलमा अनुसन्धान अघि बढाउँदै CIB ले केही दिनअघि नै उनीसँग विस्तृत बयान लिएको थियो। अब अदालतले थुनछेक बहसपछि महराको आगामी कानुनी अवस्थाबारे निर्णय गर्नेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.