सोमबार, श्रावण २५,२०८३ 04:54:58
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 04:54:58
Bizshala
Global IME Bank Limited

राष्ट्र बैंकले दुई महिनामा गर्यो कुल ६७.८५ खर्ब तरलता प्रशोचन

Prabhu Bank Limited
राष्ट्र बैंकले दुई महिनामा गर्यो कुल ६७.८५ खर्ब तरलता प्रशोचन
New Office

काठमाण्डौ । चालु आवको दुई महिनामा नेपाल राष्ट्र बैंकले कुल रु.६७ खर्ब ८५ अर्ब ६० करोड तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले आज सर्वाजनिक गरेको तथ्यांक अनुसार निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.४ खर्ब ७४ अर्ब ३५ करोड र स्थायी निक्षेप सुविधामार्फत रु.६३ खर्ब ११ अर्ब २५ करोड गरी कुल रु.६७८५ अर्ब ६० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको हो ।  

अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणमार्फत पटक–पटक गरी खुद रु.४४ खर्ब ७६ अर्ब ४५ करोड तरलता प्रशोचन गरिएको थियो ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर १ अर्ब ६ करोड खुद खरिद गरी रु.१४९ अर्ब ४२ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ८३ करोड ४७ लाख खुद खरिद गरी रु.१११ अर्ब ९७ लाख तरलता प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर ३८ करोड बिक्री गरी रु.५३ अर्ब २४ करोड बराबरको भारतीय रूपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ५६ करोड बिक्री गरी रु.७५ अर्ब ३९ करोडबराबरको भारतीय रूपैयाँ खरिद भएको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.