मंगलवार, आश्विन २८,२०८२ 11:04:21
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 11:04:21
IME remit
Global IME Bank Limited

मेलम्ची खानेपानी आयोजनाको निर्देशनालयमा अख्तियारको छापा

Hyundai Nepal
मेलम्ची खानेपानी आयोजनाको निर्देशनालयमा अख्तियारको छापा
Shivam Cement

काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनामा फेरि एकपटक अनियमितताको गन्ध फैलिएको छ। यही शंका पुष्टि गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार साँझ काठमाडौंको अनामनगरस्थित योजना कार्यान्वयन निर्देशनालयमै छापा मारेको छ।

Shivam Cement
Bizshala
CG Motors

आयोगका अनुसार आयोजनाका लागि खरिद गरिएका ठूलो मात्राका पाइपहरू अवैध रूपमा बिक्री वितरण गरिएको सूचनाका आधारमा टोली परिचालन गरिएको हो।

छापामारीका क्रममा आयोगले निर्देशनालयका विभिन्न कागजात र फाइलहरू नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक जानकारीअनुसार पाइप खरिद प्रक्रिया र वितरणमा ठूला आर्थिक अनियमितता भएको आशंका गरिएको छ।

Muktinath Bikas Bank Limited

मेलम्ची खानेपानी आयोजना नेपालको सबभन्दा ठूलो सार्वजनिक पूर्वाधार योजनामध्ये एक हो। तर, सुरुदेखि नै यो आयोजना पटक–पटक विवाद र भ्रष्टाचारको आरोपमा तानिँदै आएको छ। पछिल्लो छापामारीले पुनः आयोजनाको पारदर्शिता र जिम्मेवारीबारे गम्भीर प्रश्न खडा गरेको छ।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.