काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनामा फेरि एकपटक अनियमितताको गन्ध फैलिएको छ। यही शंका पुष्टि गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार साँझ काठमाडौंको अनामनगरस्थित योजना कार्यान्वयन निर्देशनालयमै छापा मारेको छ।
आयोगका अनुसार आयोजनाका लागि खरिद गरिएका ठूलो मात्राका पाइपहरू अवैध रूपमा बिक्री वितरण गरिएको सूचनाका आधारमा टोली परिचालन गरिएको हो।
छापामारीका क्रममा आयोगले निर्देशनालयका विभिन्न कागजात र फाइलहरू नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक जानकारीअनुसार पाइप खरिद प्रक्रिया र वितरणमा ठूला आर्थिक अनियमितता भएको आशंका गरिएको छ।
मेलम्ची खानेपानी आयोजना नेपालको सबभन्दा ठूलो सार्वजनिक पूर्वाधार योजनामध्ये एक हो। तर, सुरुदेखि नै यो आयोजना पटक–पटक विवाद र भ्रष्टाचारको आरोपमा तानिँदै आएको छ। पछिल्लो छापामारीले पुनः आयोजनाको पारदर्शिता र जिम्मेवारीबारे गम्भीर प्रश्न खडा गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।