बुधबार, श्रावण २०,२०८३ 07:56:49
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 07:56:49
Bizshala
Global IME Bank Limited

छानबिन आयोगको निर्णयः तत्कालीन गृहसचिव दुवाडीलाई उपत्यका बाहिर जान अनुमति

छानबिन आयोगको निर्णयः तत्कालीन गृहसचिव दुवाडीलाई उपत्यका बाहिर जान अनुमति
New Office

काठमाण्डौ । तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडीमाथि लगाइएको उपत्यका–निषेध आदेश अन्ततः हटाइएको छ।

भदौ २३ र २४ का घटनापछि बनेको छानबिन आयोगले उनको हकमा प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै दुवाडीलाई सात दिनका लागि उपत्यका बाहिर जान अनुमति दिइएको जनाएको छ।

आयोगका अनुसार सार्वजनिक संरचना पुनर्निर्माण आयोजनाका संयोजकका रूपमा रहेका दुवाडीलाई सातवटै प्रदेशमा आयोजना–सम्बन्धी कार्य सम्पन्न गर्नुपर्ने भएकाले सरकारले विशेष अनुरोध गरेको थियो। त्यसपछि आयोगले अस्थायी रूपमा यात्रा–प्रतिबन्ध हटाउने निर्णय लिएको हो।

दुवाडीसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र अन्य दुई जना अधिकारीमाथि भदौ घटनापछि उपत्यका छाड्न रोक लगाइएको थियो। आयोगले बाँकी व्यक्तिहरूको हकमा भने रोक अझै कायम रहेको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.