बुधबार, असार १७,२०८३ 04:20:07
Bizshala
  • बुधबार, असार १७,२०८३ 04:20:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपालको बैंकिङ इतिहास समेटिएको पुस्तक बजारमा

Laxmi Sunrise Bank Limited
नेपालको बैंकिङ इतिहास समेटिएको पुस्तक बजारमा

काठमाण्डौ । बैंक केवल पैसा जम्मा गर्ने ठाउँ मात्र नभई अर्थतन्त्रको मेरुदण्ड हो। नेपालमा बैंकिङ क्षेत्रको सुरुवात भएको ८८ वर्ष पूरा भएको छ। राणाकालदेखि वर्तमान समयसम्मको बैंकिङ इतिहासलाई समेटेर लेखक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाले “नेपालको बैंकिङ इतिहास” नामक पुस्तक बजारमा ल्याएका छन्।

New Office
CG Motors
Garima Development Bank

मोरङको पथरी शनिश्चरे-१ निवासी तिम्सिनाले यो पुस्तकमा नेपालको मुद्रा निष्कासन, राणाकालदेखि हालसम्मको बैंकिङ विकास, क र ख श्रेणीका बैंकहरूको परिचय, पहिलो गभर्नर हिमालय शमशेरदेखि हालका विश्वनाथ पौडेलसम्मका १८ गभर्नरको जीवनी र फोटो, द्वन्द्वकालमा बैंकमाथि भएका आक्रमण, बैंक मर्जरको इतिहास, राणाकालमा बैंक स्थापनाका अगुवा सरदार गुञ्जमान सिंह, बैंकिङ क्षेत्रका पायनियर बिके श्रेष्ठ, विदेशी बैंक भित्र्याउने डा. प्रकाश चन्द्र लोहनीलगायतका विषयलाई गहन रूपमा प्रस्तुत गरेका छन्।

यो २७२ पेजको पुस्तकमा नेपालका बैंकले प्राप्त गरेका राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार, बैंकिङ क्षेत्रमा महिलाको सहभागिता, विपद्मा बैंकको सहयोग, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन-कानुन, खारेज भएका बैंकहरू, चिनियाँ ह्याकरको लुट, लिच्छविकालदेखिका मुद्राको इतिहास, भोजपुरको टक्सार, पूर्वाञ्चलमा खुलेका बैंकहरू, डेपुटी तथा कार्यवाहक गभर्नर डा. नीलम ढुंगाना तिमिल्सिनाको योगदान, बैंकिङ अधिकारका लागि सक्रिय संघ-संस्थाहरू र जेनजी आन्दोलनका बेला बैंकमा भएको क्षतिलगायत ५१ वटा विषय समेटिएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

झापा, दमकको स्रष्टा छापाखानाबाट छापिएको र लीला निरौलाद्वारा प्रकाशित यो पुस्तक तिम्सिनाको १४औँ कृति हो। विगत एक दशकदेखि खोजमूलक लेखनमा सक्रिय तिम्सिनाका अन्य चर्चित पुस्तकहरूमा “टेलिफोन डायरी” (२०६८), “मोरङको सामुदायिक वन एक चिनारी” (२०६९), “पथरी शनिश्चरे नगरपालिका एक चिनारी” (२०७७), “धिमाल जातिको इतिहास” (२०७८), “माईखोलादेखि पुनर्वाससम्म” (२०८०), “गुमनाम एक इतिहास बिसे नगर्ची” (२०८१) लगायत छन्।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले यो पुस्तक नेपालको बैंकिङ इतिहास बुझ्न उपयोगी हुने भन्दै शुभकामना व्यक्त गरेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.