काठमाण्डौ । नेपालको दोस्रो ठूलो चाड तिहार (कात्तिक ३–६, २०२५) मा मौसम सामान्यतया अनुकूल रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावले पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदलीसहित फाटफुट वर्षा र हल्का हिमपातको सम्भावना छ, तर तराई र अन्य क्षेत्रमा मौसम प्रायः सफा रहनेछ।
तिहारको मौसम विवरण
कात्तिक ३ (लक्ष्मीपूजा): देशका पहाडी भूभागमा आंशिक बदली, कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना। बाँकी क्षेत्रमा मौसम सफा रहनेछ।
कात्तिक ४: पहाडी भूभागमा आंशिक बदली, कोशी, गण्डकी र कर्णालीका एक–दुई स्थानमा फाटफुट वर्षा। अन्यत्र मौसम मुख्यतया सफा।
कात्तिक ५: पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, कोशी र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना। बाँकी भूभागमा मौसम सफा।
कात्तिक ६ (भाइटीका): कोशी, मधेस र अन्य पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, सबै प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना। तराईमा मौसम प्रायः सफा।
महाशाखाका अनुसार, कुनै ठूलो मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुले पहाड र हिमालमा हल्का असर पार्नेछ। तिहारको रमझममा मौसमले खासै बाधा नपुर्याउने भएकाले चाडपर्वको तयारीमा सहजता हुने अपेक्षा गरिएको छ।
