बुधबार, असार १७,२०८३ 02:28:49
Bizshala
  • बुधबार, असार १७,२०८३ 02:28:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्री कार्कीसँग कलाकारहरूको भेट : ‘देश बचाउन सरकारलाई साथ दिन तयार छौँ’

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्री कार्कीसँग कलाकारहरूको भेट : ‘देश बचाउन सरकारलाई साथ दिन तयार छौँ’

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीलाई नेपाली कलाकारहरूको एक समूहले भेट गरी देश र सरकारलाई सशक्त रूपमा अगाडि बढाउन प्रेरणा दिएको छ। 

बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा कलाकारहरूले भ्रष्टाचारविरुद्धको अभियान र आगामी निर्वाचनलाई केन्द्रमा राखी निर्भीक भएर अघि बढ्न आग्रह गरे।

कलाकारहरूको भनाइ थियो, “हामी सरकारसँग केही माग्न आएका होइनौँ, देश बचाउने क्रममा साथ दिन आएका हौँ। देश रहे सबै कुरा सम्भव छ-त्यसैले पहिले देश बलियो बनोस्, त्यसपछि अरू कुरा मागौँला।”

New Office
CG Motors
Garima Development Bank

“सम्हाल्न आमा आउनुभयो”

अभिनेत्री ऋचा शर्माले अहिले देश अनिश्चित अवस्थाबाट गुज्रिरहेको बेला प्रधानमन्त्री कार्कीको नेतृत्वले जनतामा आशा जगाएको बताइन्।

“हामी डराएका थियौँ, अब के हुन्छ भनेर। तर अहिले लाग्छ, सम्हाल्न आमा आउनुभएको छ,” उनले भनिन्, “प्रधानमन्त्रीको सादगी, सरलता र स्पष्ट वक्तृत्वले हामीलाई भरोसा दिएको छ कि मुलुक अब सही दिशातर्फ अघि बढ्नेछ।”

कलाकारहरूको साझा सन्देश

भेटमा उपस्थित नौ जना कलाकारहरूले प्रधानमन्त्रीलाई भ्रष्टाचारविरुद्धको कारबाहीमा अझ दृढ बन्न सुझाव दिए। उनीहरूले गृहमन्त्री ओमप्रकाश अर्याल र अन्य मन्त्रीहरूलाई पनि गलत प्रचार र प्रोपोगान्डाबाट नडराई पारदर्शी शासन सञ्चालन गर्न आग्रह गरे।

अभिनेता विपिन कार्कीले भने, “गृहमन्त्रीका पछिल्ला अभिव्यक्तिले हामीमा सरकार डराएको छैन भन्ने विश्वास जगाएको छ। अझ दरिलो सरकार हेर्न चाहन्छौँ।”

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, अभिनेता निश्चल बस्नेतले सामाजिक सञ्जालमा फैलिरहेका नकारात्मक टिप्पणीहरूको विरुद्ध सरकार ढुक्क भएर अघि बढ्नुपर्नेमा जोड दिए।

“सही बाटोमा छौँ भने कसैसँग डराउनुपर्दैन। अहिले देशलाई सकारात्मक सोच र राष्ट्रिय एकताको आवश्यकता छ,” उनले भने।

“भड्काउनेहरू सक्रिय छन्”

संगीतकार कालीप्रसाद बाँस्कोटाले अहिले पनि समाजलाई भड्काउने प्रयास भइरहेको उल्लेख गर्दै कलाकार र सचेत नागरिक सबैलाई सचेत रहन आग्रह गरे।

“समाज भड्काउन सजिलो छ, सम्हाल्न गाह्रो छ। अहिले भड्काउनेहरू सक्रिय छन् -त्यसैले सम्हाल्ने समय हो यो,” उनले भने।

अभिनेता विजय बरालले परिवर्तनका पक्षधरहरूलाई एकजुट हुन आह्वान गरे।

“परिवर्तन चाहने हामी जनता एकातिर छौँ, र जनताबाट अस्वीकृत सानो शक्ति अर्कोतिर। त्यसैले अहिले एउटै आवाज र एउटै मोर्चा आवश्यक छ,” उनले जोड दिए।

प्रधानमन्त्री कार्कीको प्रतिक्रिया

छलफलको अन्त्यमा प्रधानमन्त्री सुशीला कार्कीले कलाकारहरूलाई धन्यवाद दिँदै भनिन्,

“समाजमा तपाईँहरूको ठूलो प्रभाव छ। दुष्प्रचार चिर्न र सही सन्देश प्रवाह गर्न तपाईंहरूको भूमिका महत्वपूर्ण छ। हाम्रा कमजोरी भए औँल्याइदिनुहोस्, तर असल नियतले काम गर्दा कसैले गाली गर्छ भने हामी त्यसबाट विचलित हुँदैनौँ।”

भेटघाटमा उपस्थित कलाकार र सर्जकहरूमा विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, ऋचा शर्मा, र कर्मा रहेका थिए। भेटघाटको संयोजन पुकार बमले गरेका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.