काठमाण्डौ । अध्यागमन विभागले भिजिट भिसामा नयाँ नियम लागू गरेको छ।
मन्त्रीपरिषद्को कात्तिक १३ गतेको निर्णय अनुसार विभागले यो लचिलो व्यवस्था सुरु गरेको हो।
यससँगै २०८० माघ १० मा लागू भएको छबुँदे पुरानो मापदण्ड अब खारेज भएको विभागको भनाइ छ।
अब भिजिट भिसामा विदेश जानेले यी कुरा अनिवार्य देखाउनुपर्नेछः
-कम्तीमा ६ महिना वैध राहदानी
-गन्तव्य देशको भिसा (अन अराइभल सुविधा भएमा चाहिँदैन)
-गन्तव्यसम्मको हवाइ टिकट
-भ्रमणको उद्देश्य र आवश्यक कागजात
-सबै परिणामको जिम्मेवारी आफैं लिने स्वघोषणा
यी कागजात नभएमा यात्रा रोकिन सक्नेछ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।