आईतवार, कार्तिक १,२०८३ 09:39:32
  • आईतवार, कार्तिक १,२०८३ 09:39:32
Global IME Bank Limited

वर्कशायर हाथवेको क्यास होल्डिङ ३८१ अर्ब डलर पुग्यो, अमेरिकी कर्पोरेट इतिहासकै उच्च

Bizshala
वर्कशायर हाथवेको क्यास होल्डिङ ३८१ अर्ब डलर पुग्यो, अमेरिकी कर्पोरेट इतिहासकै उच्च
New Office

काठमाण्डौ । यो वर्ष दिग्गज अमेरिकी सेयर लगानीकर्ता वारेन बफेटको कम्पनी वर्कशायर हाथवेको नाफा १७ प्रतिशतले बढेको छ । जसका कारण यो वर्ष कम्पनीमा कम उतारचढाव रहनुका साथै कम्पनीले आफ्नो लगानीबाट राम्रो प्रतिफल पाएको छ । यससँगै कम्पनीले नगद मौज्जाद समेत बढेको छ ।  

कम्पनीले गत महिना कम्पनीले अक्सिकेममा ९.७ अर्ब डलर लगानी गरेको थियो। तर यसका बाबजुद पनि सेप्टेम्बरको अन्त्यसम्ममा बर्कशायरसँग ३८१.७ अर्ब डलर नगद जम्मा रहेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बर्कशायरले यस त्रैमासिकमा ३०.७९६ अर्ब डलर नाफा कमाएको छ, जुन क्लास ए सेयर वर्गको २१ हजार ४१३ डलर हो। गत वर्ष यो नाफा २६.२५१ अर्ब डलर थियो जुन क्लास ए वर्गको सेयरमा १८ हजार २७२ डलर थियो।

यी कुल नाफा आंकडाहरू बर्कशायरको विशाल लगानी पोर्टफोलियोको वर्तमान मूल्य र कुनै पनि स्टक बिक्रीले सधैं प्रभावित हुन्छन्। यो वर्ष शेयर बिक्रीबाट कम्पनीको नाफा १७.३ अर्ब डलरले बढेको छ ।

वारेन बफे पछि, कम्पनीका उपाध्यक्ष ग्रेग एबेल जनवरीमा सीईओ बन्नेछन्। बफेट स्वयम अध्यक्ष रहनेछन्। ९५ वर्षीय वारेन बफेटले जनवरीमा कम्पनीको सीईओ पदबाट राजीनामा दिन लागेका छन् ।  

सीएफआरए अनुसन्धान विश्लेषक क्याथी सेफर्टका अनुसार  जब एबेल सीईओ बन्छन्, लगानीकर्ताहरूले उनीबाट थप जानकारीको अपेक्षा गर्नेछन्। साथै, कम्पनीसँग यति धेरै नगद छ र त्यसलाई राम्रोसँग प्रयोग गर्न नसकेमा लाभांश तिर्न दबाब पनि बढ्नेछ । तर बफेट अध्यक्ष रहने भएकाले तत्काल कुनै ठूलो परिवर्तन नहुन सक्छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

वारेन बफेटको बर्कशायर ह्याथवेले रेकर्ड तोड्दै ३८१.७ अर्ब डलर नगद जम्मा गरेको छ। यो अमेरिकाको कुनै पनि कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो रकम हो। यो यति धेरै पैसा हो कि यसलाई डेनमार्क जस्तो देशको जीडीपीसँग तुलना गर्न सकिन्छ।  

बर्कशायरको नयाँ प्रतिवेदनका अनुसार कम्पनीले पछिल्लो तीन महिनामा आफ्नो क्यास होल्डिङ लगभग ३० अर्ब डलरले बढाएको छ। वर्षको सुरुमा यो रकम करिब ३५० अर्ब डलर थियो । जसमध्ये करिब १९२ अर्ब डलर अमेरिकी ट्रेजरी बिलमा राखिएको छ, जसले ५.४ प्रतिशतभन्दा बढी ब्याज आर्जन गरिरहेको छ ।

जसका कारण बफेटले ब्याजबाट मात्रै वार्षिक करिब २० अर्ब डलर आम्दानी गरिरहेका छन् । बाँकी रकम बैंक निक्षेप र अल्पकालीन लगानीमा छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.