आईतवार, फाल्गुन १७,२०८२ 11:08:28
Bizshala
  • आईतवार, फाल्गुन १७,२०८२ 11:08:28
Bizshala
Global IME Bank Limited

एकै महिनामा भित्रिए १.२८ लाख पर्यटक, भारतबाट सबैभन्दा धेरै

एकै महिनामा भित्रिए १.२८ लाख पर्यटक, भारतबाट सबैभन्दा धेरै
Shivam Cement

काठमाण्डौ । नेपालमा एकै महिनामा १ लाख २८ हजार ४४३ जना पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अक्टोबर महिनामा पर्यटकको आवागमन उल्लेख बढेको देखिएको हो ।  

तथ्याङ्कअनुसार उक्त अवधिमा दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना छ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अक्टोबरमा भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । अक्टोबर महिनामा १७ हजार, २९८ जना भारतीय पर्यटक नेपाल आएका थिए ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, जर्मनीबाट छ हजार ३६६, अष्ट्रेलियाबाट ६ हजार १७७ जना,श्रीलङ्काबाट पाँच हजार ५३५, फ्रान्सबाट पाँच हजार ४५, बङ्गलादेशबाट चार हजार ६४१ र म्यानमारबाट तीन हजार ३८ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

जनवरीदेखि अक्टोबरसम्म भने कुल ९ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबर महिनालाई पर्यटकीय गतिविधिका लागि मुख्य सिजनको रुपमा लिइन्छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.