बुधबार, श्रावण २०,२०८३ 05:12:16
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 05:12:16
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनमा मारिएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

जेनजी आन्दोलनमा मारिएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
New Office

काठमाण्डौ । भदौ २३ र २४ गते देशभर भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रहित, सुशासन र भ्रष्टाचारविरुद्धको मागसहित जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मारिएका ती व्यक्तिहरूको बलिदानलाई औपचारिक रूपमा सम्मान गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार, सूचना प्रविधिमन्त्री जगदीश खरेलले भने, “देशभर शान्तिपूर्ण परिवर्तन र उत्तरदायी शासनका लागि उभिएका नागरिकको योगदान ऐतिहासिक रूपमा सम्झनु सरकारको कर्तव्य हो। उनीहरूको बलिदान व्यर्थ हुन दिनु हुँदैन।” 

सरकारको यो निर्णयले आन्दोलनमा सहभागी युवापुस्ताको आवाजलाई औपचारिक मान्यता दिएको मानिएको छ। २०८२ भदौको आन्दोलनले देशभर सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको मागलाई उच्च प्राथमिकतामा ल्याएको थियो।

राजनीतिक विश्लेषकहरूका अनुसार, सहिद घोषणाले जनआन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति सम्मान मात्र होइन, राज्यले आफ्ना त्रुटिहरू सुधार्न तत्पर रहेको संकेत पनि दिन्छ।

सरकारका प्रवक्ता खरेलले भने, “यी सहिदहरू देशको लोकतान्त्रिक, न्यायपूर्ण र पारदर्शी शासन व्यवस्थाका लागि प्रेरणाको स्रोत बन्नेछन्।”

यस निर्णयपछि सम्बन्धित परिवारहरूलाई क्षतिपूर्ति, सम्मानपत्र र दीर्घकालीन सहयोग कार्यक्रमको तयारी पनि सरकारले गर्ने जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.