आईतवार, श्रावण ३,२०८३ 06:42:57
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 06:42:57
Bizshala
Global IME Bank Limited

बैंकिङ ठगीबाट बच्न ग्राहक पनि सचेत हुन आवश्यक, अपनाउनुस् यी ६ टिप्स्

बैंकिङ ठगीबाट बच्न ग्राहक पनि सचेत हुन आवश्यक, अपनाउनुस् यी ६ टिप्स्
New Office

काठमाण्डौ । ग्राहकले सुरक्षित स्थान ठानी बैंकमा आफूले मेहनत गरी कमाएको पैसा जम्मा गर्ने गर्दछन् ।

वास्तवमा बैंक तुलनात्मक रुपमा पैसाका लागि सुरक्षित स्थान हो ।  तर केही ग्राहक भने सुरक्षाको सम्पूर्ण जिम्मेवारी बैंकमाथि मात्रै थुपारी आफूले अपनाउनुपर्ने सतर्कताबाट भने पन्छिन खोज्छन् । जसले गर्दा बैंक ठगीका घटनाहरु घट्ने प्रबल सम्भावना रहिरहन्छ ।

आफूले मेहनत गरी कमाएको पैसा बैंकमा जम्मा गरेको हुँदा सुरक्षामा पनि विशेष सावधानी अपनाउनु ग्राहकको पहिलो प्राथमिकतामा पर्न आउँछ ।

नेपालमा पनि बैंक ठगीका घटनाहरु वृद्धि भईरहेका छन् । नेपाली ग्राहकमा बैंकिङ सचेतनाको कमी र कमजोर सुरक्षा प्रणाली यसका मुख्य कारण हुन् । ठगले ठगी गर्न विभिन्न उपाय लगाउन सक्छ । नक्कली कल सेन्टरबाट फोन गरी आफू बैंकको कर्मचारी भएको बताई ग्राहकको सम्पूर्ण बैंकिङ जानकारी लिन सक्छ । कयौँ पटक त उनीहरु ग्राहकको खाताबाट पैसा झिक्नसमेत सफल हुन्छन् ।

दैनिकजसो अनलाइन बैंकिङ ठगी र एटीएम कार्ड ठगीका घटनाहरु बढिरहेका छन् । यस्ता ठगीबाट बच्न केही सावधानी अपनाइयो भनेमात्रै पनि धैरै नोक्सान हुनबाट जोगिन सकिन्छ । यहाँ हामी त्यस्ता केही सावधानीका उपायबारे चर्चा गर्दैछौँ, जसले तपाइँलाई ठगी हुनबाट बचाउन सक्छ ।

१. तपाइँले बैंकको सम्पर्क नम्बर लिँदा कहिल्यै पनि अर्को सर्च इन्जिनबाट लिने प्रयास गुर्नहुँदैन । सम्पर्क नम्बर लिँदा सधैँ बैंकको आधिकारिक वेबसाइटबाट मात्रै लिनुपर्दछ । यसका लागि बैंकको वेबसाइटमा गएर ‘कन्ट्याक अस’ लिंकमा क्लिक गरेर आफूले चाहेको बैंकको सम्पर्क नम्बर लिन सकिन्छ ।

२. यदि तपाइँलाई बैंकको कर्मचारी हुुँ भनी कुनै व्यक्तिको फोन आउँछ भने त्यस्ता फोनलाई आँखा चिम्लिएर विश्वास गरिहाल्नुहँुदैन । आफूलाई आएको नम्बर वास्तविक बैंकको हो कि होइन भनी प्रमाणीकरण गर्नुपर्दछ ।

३. यदि कुनै व्यक्तिले तपाइँलाई सम्पर्क गरी तपाइँलाई बैंकिङ कारोबारसम्बन्धी केही भन्न वा गर्न लगाउँछ भने त्यस्ता आग्रहलाई सोचविचार गरी नर्कानुपर्दछ ।  

४. यदि तपाइँलाई कुनै व्यक्तिले क्विक सपोर्ट, एनी डेस्क, भीएनसी, अल्ट्रा भीएनसी, टिम भ्युअर, सिस्क्रिन, बी एनी ह्वेयर, लग मी इनजस्ता एप इन्सटल गर्न प्रोत्साहित गर्छ भने त्यस्ता व्यक्तिको बहकाउमा आई यस्ता एप डाउनलोड गुर्नहुँदैन। यी र यस्ता अन्य अपरिचित र शंकास्पद एपहरुका माध्यमबाट ठगले तपाइँको बैंकसँग सम्बन्धित जानकारी लिई तपाइँको पैसा झ्वाम पार्न सक्छन् ।

५. यदि तपाइँलाई कुनै अपरिचित ई–मेल, म्यासेज वा ह्वाट्स एपबाट कुनै लिंक आउँछ भने त्यसबाट सर्तक रहनुपर्दछ । कुनै पनि थर्ड पार्टी वा अपरिचित स्रोतबाट प्राप्त एप्लिकेसनलाई डाउनलोड गुर्नहुँदैन ।

६. तपाइँको एटीएम नम्बर, वान टाइम पासवर्ड र अन्य महत्वपूर्ण जानकारी कसैसँग पनि सेयर गुर्नहुँदैन । यसलाई सधैँ गोप्य नै राख्नुपर्दछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.