शनिबार, फाल्गुन १०,२०८१ 04:20:30
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 04:20:30
IME remit
Global IME Bank Limited

सेयर शिक्षाः सेयर कारोबारमा यी १९ कुरामा ध्यान दिए सफल भइन्छ !

Hyundai Nepal
सेयर शिक्षाः सेयर कारोबारमा यी १९ कुरामा ध्यान दिए सफल भइन्छ !
Nabil Bank Limited

–राजु पौडेल

नेपालमा ९५ प्रतिशत सेयर लगानीकर्ताहरुलाइ सेयर खरिदबिक्री गर्ने समय र सेयर खरिदबिक्री विधि तथा तरिकाहरुको बारेमा जानकारी नहुँदा सेयर बजारमा कमाउनेको संख्या भन्दा गुमाउनेको संख्या ज्यादै छ । जब कि सबै लगानीकर्ताको उद्देश्य सेयर लगानीबाट कमाउने नै हुन्छ । अधिकांश सेयर लगानीकर्ताहरुले सेयर खरिदबिक्री  गर्दा आफ्नो बुद्धिले भन्दा पनि सामाजिक सञ्जालमा तथा साथीभाईहरुलाई सोधेर, अरुका कुरा सुनेर, विभिन्न अनलाईन पत्रिकामा आएका अनावश्यक सेयरबजार सम्बन्धी समाचारलाई आधार मानेर सेयर खरिदबिक्री गर्ने गर्नुहुन्छ । जसका कारण  नेपाली सेयर बजार ज्यादै अस्थिर पनि भएको छ । बिनाकारण कहिले उच्च अंकले बढ्ने, कहिले उच्च अंकले घट्ने गर्छ ।

अरुको सल्लाह लिएर, सामाजिक सञ्जालमा सोधेर, अनलाइन पत्रिकामा आएका समाचारलाई आधार मानेर सेयर खरिदबिक्री गर्ने होईन । कुनै पनि लगानीकर्ताले  दोस्रो बजारबाट सेयर खरिदबिक्री गर्दा एउटा स्पष्ट योजना बनाई कम्पनीको वित्तीय सूचकलाई गहिरो रूपमा अध्यन अनुसन्धान गरेर उपयुक्त समय र विभिन्न विधि तथा तरिकाहरु अपनाउँदा हामीले सेयर लगानीबाट मनग्ये लाभ लिन सकिन्छ । विश्वभरमा यो क्षेत्रमा बुझेर लगानी गर्ने लगानीकर्ताले मनग्ये लाभ उठाईरहेका छन भने कसैले कमाएको देखेर वहकाउमा हाम्फाल्नेहरुले आफ्नो लगानी गुमाउनुपरेका घटनाहरु पनि थुप्रै छन् ।

अहिले सेयर बजार निरन्तर घटिरहेको छ, यस्तो बेलामा तल प्रस्तुत गरिएको बिधि तथा तरिकाहरु अपनाएर सेयर खरिदबिक्री गर्नु भयो भने तपाईले पनि सेयर लगानीबाट मनग्ये आम्दानी गर्न सक्नुहुनेछ । तपाई पनि सेयरमा लगानी गरेर गुमाउनेमा होईन कमाउनेको सूचिमा पर्न सफल हुनुहुन्छ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

सेयर बजारका बादसाह वारेन बफेटले भनेका छन्–अरु डराएर सेयर बिक्री गर्ने दौडमा छन् भने तपाईले यही मौकामा खरिद गर्नुहोस्  । अहिले बजारले तपाईहरुलाई चुनौतीसँगै अवसर पनि दिईरहेको छ, अब तपाईले चुनौतीको सामना गर्दै अवसरलाई समात्नुुपर्छ । सेयर बजार भनेको जोखिम पनि अधिक भएको क्षेत्र हो, अहिलेको अवस्थामा जोखिम बहन गर्न सक्नु भएन भने अबसर पनि गुम्न सक्छ ।

उसो भए सेयर खरीदबिक्री गर्दा के के कुरामा ध्यान दिने त ? हेरौं बुँदागत रुपमाः

१. सेयरमा लगानी गर्नु अगाडि वित्तीय जग बलियो बनाउनुहोस ।

२. सर्वप्रथम सेयर बजारको ट्रेन्ड कता जाँदैछ भनेर गहिरो अध्यन र विश्लेषण गर्नुहोस ।

३. ट्रेन्ड पत्ता लगाईसकेपछि अहिले सेयरमा लगानी गर्ने उपयुक्त समय हो कि होईन पहिचान गर्नुहोस ।

४. सेयर खरिद गर्नुअघि पर्याप्त गृहकार्य गर्ने वा समय दिनसक्ने धैर्यता चाहिन्छ, जसका लागि सूचना संकलन र विश्लेषण गरेर मूल्यवान कम्पनी छनौट गर्नुपर्छ । कम्पनीको छनौट गरिसकेपछि सस्तो मूल्यको पर्खाइमा बस्नसक्ने धैर्यता राख्नुपर्दछ ।

५. लगानी गर्ने लगानीकर्ताका लागि खराब समाचार भनेको उत्तम समाचार हो । कुनै खराब समाचारले सेयर बजार ओरालो झर्नसक्छ र सचेत लगानीकर्ता त्यही ओरालोमा बसेर जोखिम लिएर अरुले हतारमा बेचेका राम्रो प्रतिस्पर्धात्मक क्षमता बोकेका कम्पनीहरुका सेयरहरु सस्तो दरमा उठाउन थाल्छन् ।

६.तपाईहरु के कुरामा विश्वस्त हुनुहोस् भने सेयर बजार बढेपछि घट्छ, घटेपछि बढ्छ, यसको विशेषता नै बढेपछि घटनु र घटेपछि बढनु हो । त्यही भएर तपाईहरु हतारिएर, उत्तेजनामा आएर बढदो बजारमा सेयर खरिद नगर्नुहोस । उच्च बिन्दुमा पुगेको सेयर केही समयका लागि झरेर न्यून विन्दुमा आउनसक्छ । जस्तैस् २०६५ असार ११ गते ११७५ मा पुगेको नेप्से घटदै गएर २०६८ असार ११ गते आईपुग्दा झरेर २९२ मा पुगेको थियो । यस्तो अवस्थामा लामो समयावधिका प्रतिस्पर्धी कम्पनीका सेयर किन्न तयार भएर बस्नुपर्छ । यस्तो अवस्थामा राम्रा कम्पनीको सेयर किन्न थाल्नुपर्छ, जबसम्म तपाईंको गोजी रित्तिदैन । २०६८ सालमा २९२ मा पुगेको नेप्से २०७३ साउनमा आईपुग्दा बढेर १८८१ अंकमा पुगेर नेपाली पुँजी बजारले एउटा नयाँ इतिहास रच्यो । नेप्से २९२ मा झरिरहदा जुन लगानीकर्ताले जोखिम बहन गरेर राम्रा राम्रा कम्पनीका सेयर किन्दै गए, पछि नेप्से १८८१ हुँदा बेचेर अर्बौ कमाएको अवस्था देखिन्छ।

७.सेयर खरिदबिक्री गर्दा सामाजिक सञ्जालमा सोधेर, अनलाइन पत्रिकामा आएका अनावश्यक समाचार पढेर, साथीभाई छरछिमेकको बहकाउमा लागेर होईन कि कम्पनीको बिगत पाँच बर्षको वित्तीय अवस्था र सूचकहरुलाई राम्रोसँग  विश्लेषण गरेर सेयर खरिदबिक्री गर्नुपर्छ ।

८.बजार घटिरहेको  अवस्थामा तपाईले १५ उत्कृष्ट कम्पनीको सेयर खरिद गर्ने योजना बनाउनुहोस् । पाँच बाणिज्य बैंक, दुई विकास बैंक, चार बिमा कम्पनी, दुई हाईड्रो पावर कम्पनी र अन्य दुई माईक्रो फाईनान्स कम्पनी, एक दुई अन्य गरी १५ वटासम्म कम्पनीको प्रारम्भिक सूचि बनाउन सक्नुहुन्छ ।

९. घटदो सेयर बजारमा एकैपटक लगानी नगर्नुहोस । घट्दो बजारबाट फाईदा लिन लगानीयोग्य पँुजीको कम्तीमा २०–३० प्रतिशतसम्म पैसा नगद राख्नुहोस् । ताकी भोलि अझै घटेको बजारबाट थप सेयर उठाउन सकियोस् ।

१०. घट्दो सेयर बजारमा दैनिक रुपमा थोरै थेरै सेयर खरीद गर्दै जानुहोस्, तबसम्म यो खरिदलाई जारी राख्नुहोस जबसम्म बजार घट्न रोकिँदैन र तपाईंको पैसा सकिँदैन ।

११. बजार घट्ने क्रम रोकिएर बढ्न सुरु गरेपछि सेयर खरीद कार्यलाई रोक्नुहोस् । निश्चित प्रतिशत फाइदा आएपछि केही कम्पनीको सेयर बेचेर नाफा सुनिश्चित गर्नुहोस्, तर नाफा सुनिश्चित गर्दा ब्याज कमिसन र मुद्रास्फीति दरलाई ध्यान दिन नभुल्नु होला ।  

१२. सेयर बजारमा ९५ प्रतिशत लगानीकर्ताले कमाउन नसक्नु भनेको छिट्टै आबेशमा आउने र उत्तेजित हुनु पनि हो । आवेश र उत्तेजनालाई नियन्त्रणमा राख्न नसक्नु पनि हो । सेयर खरिदबिक्री गर्दा आबेशमा होइन विवेकमा लगानी गर्नुपर्छ ।

१३. डर र लोभ सेयर लगानीकर्ताका दुईवटा शत्रु हुन र यी दुबै लगानीकर्तामा उत्पन्न हुने आवेश र उत्तेजनाका परिणाम हुन । जब सेयरको भाउ बढन थाल्छ, अझ बढ्छ कि भनेर लोभ गरेर राम्रै फाइदा आउँदा पनि नबेची बस्ने ।  जब सेयरको भाउ घट्न थाल्छ डरले दौडदै गएर घाटा खाएर सेयर बेच्ने प्रवृति हामी लगानीकर्ताहरुमा छ । त्यसकारण सेयरमा लगानी गर्ने लगानीकर्ताले डर र लोभलाई त्याग्न सक्नुपर्छ ।

१४. दीर्घकालीन लगानी गर्ने नाममा एउटा कम्पनीको सेयर किनेर जिन्दगीभरि बस्ने होईन । एउटा कम्पनीको सेयर किनेर जिन्दगी जादैन भन्ने मान्यता राखेर सेयरमा लगानी गर्नुपर्दछ । आफूले लगानी गरेको कम्पनी खराब भयो वा ठिक छैन भन्ने लाग्यो भने तत्काल उक्त कम्पनीको सेयर बिक्री गरेर अर्को राम्रो कम्पनीको सेयर किन्नुपर्दछ । अर्थात राम्रो हुञ्जेल पाल्ने राम्रो हुने देखिएन भने फाल्ने नीति लिनुपर्दछ ।

१५. पोर्टफोलियो म्यानेजमेन्टमा ध्यान दिनुहोस् । पोर्टफोलियो म्यानेजमेन्टको अर्थ सबै अण्डालाई एउटै टोकरीमा नराख्ने भन्ने जस्तै हो । सबै अन्डा एउटै टोकरीमा राख्दा केही गरी टोकरी खस्यो भने सबै अन्डा नष्ट हुन्छन् । सेयर बजारमा लगानी गर्दा पनि एउटा समूहको कम्पनीमा मात्र लगानी नगरी दुई वा दुईभन्दा बढी क्षेत्रमा लगानी गरियो भने एउटा क्षेत्रमा हुने नोक्सानीलाई अर्को क्षेत्रको नाफाले कभर गर्न सक्छ । एउटा कम्पनीको सेयरमा भएको नोक्सानीलाई अर्को कम्पनीको सेयरमा भएको नाफाबाट क्षतिपूर्ति गराउनु नै पोटफोलियो म्यानेजमेन्ट हो । त्यसकारण सेयरमा लगानी गर्दा पोर्टफोलियो म्यानेजमेन्टलाई ध्यान दिनुपर्छ ।

१६. बजारमा विभिन्न समूहहरु हुन्छन्, जुन समूहहरुले सेयर बिक्री गर्नुपर्यो भने विभिन्न भ्रम सिर्जना गर्ने हल्ला गर्ने भोलि बजार यति अंकले माथि जान्छ नेप्से यति अंक माथि जाँदै,छ फलानो कम्पनीले यति प्रतिशत बोनस र हकप्रद सेयर दिदैछ भनी बिनाआधार विभिन्न सामाजिक सञ्जालमार्फत हल्ला र भ्रम फिजाएर आफूले खरिद गरेको  सेयरको  भाउ उचालेर तपाई हामी नयाँ र साना लगानीकर्ताहरुलाई फसाएर सेयर बिक्री गर्ने र सेयर बिक्री गरिसकेपछि तिनै समूह फेरि बिनाआधार बजार क्र्यास हुँदैछ, बजार ९०० अंक भन्दा तल जाँदैछ भनेर साना र नयाँ लगानीकर्ताहरुलाई अत्याएर सेयर बिक्री गर्न बाध्य बनाई सस्तोमा सेयर किन्ने दाउमा हुन्छन्, यस्ता समूहबाट सधै सचेत रहनुहोस् र बच्नुहोस् ।  

१७. राम्रो कम्पनीको अहिले बजारमा मूल्य अण्डर भ्यालुमा छ भने त्यस्ता कम्पनीको सेयर खरिद गर्नुहोस्, जुन कम्पनीको सेयरले बजार बुलिस ट्रेन्डमा हुँदा राम्रो फाइदा दिन्छ ।

१८. विगतका गल्तीबाट सिकनुहोस् । लगानीकर्ताले बिगतमा सेयर खरिद गर्दा गरेका गल्तीहरु जस्तै महङ्गोमा सेयर खरिद गरेको, बजार घट्दा सेयर खरिद गर्ने पैसा आफूसँग नराखेको, उत्तेजनामा आएर सेयर खरिद गरेको, सेयर खरिद गर्दा धैर्य नगरेको, बजार बढेपछि फेरि घट्छ भन्ने कुराको विचार नगरेको, बजार बढेर राम्रो फाइदा आउँदा पनि सेयर बिक्री नगरेका आदि गल्ती हुन सक्छन् । यस्ता गल्तीहरुको सूचि बनाउनुहोस् र आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउनुहोस्  ।

१९. सेयर बजारमा प्रवेश गर्नु भन्दा अगाडि देशको अर्थतन्त्र, राजनीति अवस्था, युद्ध, अशान्ति, विपत्ति, नियमनकारी निकायकहरुको कदम, प्रबिधिमा आउने परिवर्तन, बजारमा लगानी गर्ने लगानीकर्ताको आत्मबल र मनोवृत्ति, बैंकको ब्याजदर, अरु क्षेत्रमा लगानी गर्ने अवसर आदि कुराहरुलाई सुक्ष्म रूपमा अध्यन गरेर मात्र बजारमा प्रवेश गर्नुहोस् ।

लेखक नेपाली सेयर बजारका अद्येता हुन् ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.