काठमाण्डौ । कालिका पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.६९ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड १३ लाख आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमासमा भने कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ३३ लाख आर्जन गरेको थियो । कम्पनीले यो अवधिसम्म ३ लाख २४ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक खर्च १८ लाख ४४ हजार रुपैयाँ र वित्त खर्च ११ लाख १५ हजार रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ १७ करोड १८ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिसम्म भने १४ करोड २८ लाखमा सीमित थियो ।
यो अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १५ करोड ५६ लाख र कुल चालु दायित्व ६५ लाख २९ हजार रुपैयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २१.११ रुपैयाँबाट घटेर १९.४० रुपैयाँ कायम भएको छ । यस्तैकम्पनीको प्रतिसेयर नेटवर्थ ११८.३३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२३.८८ रुपैयाँ, तरलता अनुपात २३.८४ प्रतिशत र मूल्य आम्दानी अनुपात २७.७२ गुणा कायम छ ।

