कालिका पावरले गर्यो लाभांश घोषणा, होल्डिङ कम्पनीको रुपमा विकास गर्ने निर्णय
काठमाण्डौ । कालिका पावर कम्पनी लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले आव २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनर सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ ।

