बुधबार, माघ २३,२०८१ 12:26:48
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:26:48
IME remit
Global IME Bank Limited

लो क्याप मध्येको एक कालिका पावर बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

Hyundai Nepal
लो क्याप मध्येको एक कालिका पावर बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
Nabil Bank Limited

काठमाण्डौ । कालिका पावर कम्पनी नेप्सेमा सूचीकृत जलविद्युत कम्पनी हो । अन्य कम्पनीको तुलनामा कम पूँजी भएको यो कम्पनी गोर्खा जिल्लामा वि.सं.२०६३ सालमा स्थापना भएको हो । यो कम्पनीले ६.४ मेगावाटको जलविद्युत आयोजना सञ्चालन गरेको छ ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको चुक्तापूँजी ८७ करोड ८२ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषको आकार १४ करोड २८ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको कुल पूँजी १ अर्ब १ करोड रुपैयाँ मात्रै रहेको छ ।  

यस त्रैमासमा कम्पनीको खुद मुनाफा ४ करोड ६० लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २१.११ रुपैयाँ रहेको छ भने बुक भ्यालु ११६.३७ रुपैयाँ र रिर्टन अन इक्विटी १८.१४ प्रतिशत रहेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

प्राविधिक पक्षः  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले साना–ठूला गरेर एकदिनदेखि एकसय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यो सिद्धान्तअनुसार यो कम्पनीको सेयरलाई नियाल्दा वेभ १ मा २३३ देखि ४०० सम्म , वेभ २ मा करेक्सन भएर २६० रुपैयाँसम्म , त्यसै गरि वेभ ३ मा यसको मूल्य बढेर ६०५ रुपैयाँ सम्म , वेभ ४ मा  ४५७  सम्म र हालको बढोत्तरीले यो कम्पनी सेयर भाउ ७०० सम्म पुग्न सक्छ ।  

Muktinath Bikas Bank Limited

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा  

यो इन्डेक्सको आधारमा यो कम्पनी हाल ६० को तहमा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य ५८५ र न्यून मूल्य ३०७ रुपैयाँ रहेको देखिन्छ । यस कम्पनीमा शतप्रतिशत सेयर सर्वसाधारणमा परिणत भएको छ । ब्रोकर होल्डिङ मार्फत नियाल्दा  यस कम्पनीको सेयर सबै भन्दा धेरै क्रमशः ब्रोकर नम्बर ७७ , ४९ र ५० बाट उच्च होल्डिङ रहेको देखिन्छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल एकपटक अपर ब्याण्डमा छोएर मध्य ब्याण्डमा सपोर्ट लिन आउँदै गरेको देखिन्छ । म्याक्डी मार्फत नियाल्दा भने हाल करिब वियरिस क्रसओभर बन्दै गरेको देखिन्छ । हिस्टोग्राम सकारात्मक रहेता पनि छोटा–छोटा र फिक्का हुँदै गरेका छन् । यसलो बिक्री दबाब परेको बुझिन्छ । आरएसआईले करिब ओभर बट जोनमा एम आकार बनाएर हाल न्यूट्रल जोनमा चलेको देखिन्छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा यो कम्पनी बुलिस सेन्टिमेन्टमा चलेको भएता पनि अल्पकालिन करेक्सन हुन सक्ने देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ५९०

प्रतिरोध २ – ५७२

प्रतिरोध १–  ५५१

पिभट प्वइन्टः ५३३

घटेमा सपोर्ट  

सपोर्ट १– ५१२

सपोर्ट २– ४९४

सपोर्ट  ३ – ४७३

निष्कर्षः  आधारभूत रुपमा यो कम्पनीमा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार भएको देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी , खुद मूनाफा , रिर्टन अन इक्विटी तथा बुक भ्यालुमा सुधार देखिन्छ । प्राविधिक रुपमा यो कम्पनीको सेयर भाउ फियर एण्ड ग्रिड इन्डेक्समा बुलिस सेन्टिमेन्टमा देखिन्छ । तर अन्य इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउमा अल्पकालिन करेक्सन आउन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.