बुधबार, श्रावण २०,२०८३ 05:17:04
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 05:17:04
Bizshala
Global IME Bank Limited

निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक
New Office

काठमाण्डौ । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक(आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र काठमाण्डौ उपत्यका छाड्न रोक लगाइएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको कात्तिक २७ गते बसेको बैृठकले यस्तो निर्णय गरेको हो ।  

कात्तिक २७ गतेदेखि सेवा निवृत भएका खापुङले गत भदौ २३ र २४ गतेको घटनाहरुको बारेमा छानबिन तथा जाँचबुझका लागि कुनैपनि बेला उपस्थित हुनुपर्ने हुँदा कात्तिक २७ गतेदेखि नै लागू हुनेगरी उनलाई विदेश भ्रमण र काठमाण्डौ उपत्यका छाड्न रोक लगाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

विज्ञप्तीमा भनिएको छ, ‘‘आजबाट सेवा निवृत्त हुनु भएकाले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृती बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने । निज खापुङलाई समेत जानकारी दिइने । ’

खापुङ नेपाल प्रहरीको ३२औं महानिरीक्षक हुन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.