काठमाण्डौ । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक(आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र काठमाण्डौ उपत्यका छाड्न रोक लगाइएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको कात्तिक २७ गते बसेको बैृठकले यस्तो निर्णय गरेको हो ।
कात्तिक २७ गतेदेखि सेवा निवृत भएका खापुङले गत भदौ २३ र २४ गतेको घटनाहरुको बारेमा छानबिन तथा जाँचबुझका लागि कुनैपनि बेला उपस्थित हुनुपर्ने हुँदा कात्तिक २७ गतेदेखि नै लागू हुनेगरी उनलाई विदेश भ्रमण र काठमाण्डौ उपत्यका छाड्न रोक लगाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, ‘‘आजबाट सेवा निवृत्त हुनु भएकाले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृती बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने । निज खापुङलाई समेत जानकारी दिइने । ’
खापुङ नेपाल प्रहरीको ३२औं महानिरीक्षक हुन् ।

