काठमाण्डौ । नेपाल आयल निगमले इन्धनका मूल्य समायोजन गर्दै पेट्रोल र डिजेल दुवैको दर बढाउने निर्णय गरेको छ।
शनिबार राति भएको समायोजनपछि उपभोक्ताले अब पेट्रोलका लागि प्रतिलिटर २ रुपैयाँ र डिजेलका लागि ३ रुपैयाँ थप तिर्नुपर्ने भएको छ।
नयाँ दर लागू भएपछि पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १६१ रुपैयाँ पुगेको छ भने डिजेल १४७ रुपैयाँमा निर्धारण गरिएको निगमले जनाएको छ। संशोधित मूल्य कात्तिक ३० गते बिहान १ बजेदेखि लागू हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।