बुधबार, श्रावण २०,२०८३ 03:53:50
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 03:53:50
Bizshala
Global IME Bank Limited

महिला चेम्बरद्वारा १ सय नवप्रवर्द्धनलाई स्टार्टअप कर्जा अभिमूूखीकरण कार्यक्रम सम्पन्न

महिला चेम्बरद्वारा १ सय नवप्रवर्द्धनलाई स्टार्टअप कर्जा अभिमूूखीकरण कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आज स्टार्टअप उद्यमशिलता अभिमूूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसंगको सहकार्यमा महिला चेम्बरले गरेको स्टार्टअफ उद्यमशिलता कार्यक्रमबाट १ सय भन्दा बढी नवप्रवद्र्धनहरु लाभान्वित भएका थिए ।

सरकारले शुरु गरेको स्टार्टअप कर्जा लिन चाहनेका लागि कर्जा प्रक्रीया, उद्योगको प्रकृति लगायतका विषयमा नवप्रवद्र्धनहरुलाई अभिमूूखीकरण दिईएको थियो ।  

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आव्हान गरेको स्टार्टअप कर्जाको प्रस्तावका लागि मंसिर ९ गते सम्मको समय तोकिएको छ । चेम्बर भवनमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुुप्ताले स्टार्टअप कर्जा प्रस्ताव, कर्जा पाउने प्रक्रीया, कर्जा उपलव्ध गराईने क्षेत्र लगायतका विषयमा नवप्रवद्र्धनहरुलाई जानकारी दिएका थिए ।  

अभिमूूखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप कर्जालाई सातै प्रदेशमा विस्तार गरेर उद्यमशिलताको विकास गर्नुपर्नेमा जोड दिए । आगामी आर्थिक वर्षको बजेटमा बृद्धि गरेर स्टार्टअप कर्जालाई देशव्यापी रुपमा विस्तार गर्नुुपर्ने उनको भनाई छ ।  

स्टार्टअप कर्जा लिएर उद्यमशिलता गरेका नवप्रर्वद्धनहरुको सफल कथाहरुलाई बाहिर ल्याउनुुपर्ने एवं उनीहरुको उत्पादन र बजारीकरणका लागि सहयोग हुनुुपर्ने अध्यक्ष अग्रवालले बताए । स्टार्टअप कर्जा सम्वन्धी थप अध्ययन अनुुसन्धानमा चेम्बरले सहयोग गर्ने अध्यक्ष अग्रवालले बताए ।  

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले स्टार्टअप कर्जाको सदुुपयोग गरी उद्यमशिलता विकास गर्नुुपर्नेमा जोड दिए । महिला उद्यमशिलतासम्वन्धी अभिमूूखीकरण कार्यक्रमलाई चेम्बरले निरन्तरता दिने उनको भनाई छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.