शनिबार, श्रावण २,२०८३ 12:53:00
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 12:53:00
Bizshala
Global IME Bank Limited

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एलआईसी नेपाल लगायतका कम्पनीद्वारा योगदान, हालसम्म ९.३० करोड जम्मा

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एलआईसी नेपाल लगायतका कम्पनीद्वारा योगदान, हालसम्म ९.३० करोड जम्मा
New Office

काठमाण्डौ । लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गरेको छ । नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मंसिर ७ गते लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले १ करोड १ लाख रुपैयाँरकम बराबरको भौचर अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी, भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा हुने गरी एफवान सफ्ट ग्रुपमा आवद्ध एफवान सफ्ट ईन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडका कर्मचारी तथा उक्त कम्पनीहरुको संयुक्त योगदान हुने गरी  ७५ लाखबराबरको चेक २०८२ मंसिर ३ गते अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई उक्त ग्रुपको तर्फबाट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले चेक हस्तान्तरण गरेका छन् ।  

नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्ने दुवै कम्पनीलाई नेपाल सरकारको तर्फबाट अर्थमन्त्री रामेश्वर प्रसाद खनालले विशेष धन्यवाद ज्ञापन गरे । उक्त कोषमा मंसिर ७ गतेसम्म ९ करोड ३० लाख जम्मा भएको  छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.