काठमाण्डौ । लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गरेको छ । नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मंसिर ७ गते लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले १ करोड १ लाख रुपैयाँरकम बराबरको भौचर अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी, भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा हुने गरी एफवान सफ्ट ग्रुपमा आवद्ध एफवान सफ्ट ईन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडका कर्मचारी तथा उक्त कम्पनीहरुको संयुक्त योगदान हुने गरी ७५ लाखबराबरको चेक २०८२ मंसिर ३ गते अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई उक्त ग्रुपको तर्फबाट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले चेक हस्तान्तरण गरेका छन् ।
नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्ने दुवै कम्पनीलाई नेपाल सरकारको तर्फबाट अर्थमन्त्री रामेश्वर प्रसाद खनालले विशेष धन्यवाद ज्ञापन गरे । उक्त कोषमा मंसिर ७ गतेसम्म ९ करोड ३० लाख जम्मा भएको छ ।

