बुधबार, श्रावण २०,२०८३ 03:52:24
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 03:52:24
Bizshala
Global IME Bank Limited

खाल्डो देखियो ? तुरुन्तै पुग्छ ‘रोड एम्बुलेन्स’: कुलमानको नयाँ कन्सेप्ट

खाल्डो देखियो ? तुरुन्तै पुग्छ ‘रोड एम्बुलेन्स’: कुलमानको नयाँ कन्सेप्ट
New Office

काठमाण्डौ । अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले काठमाडौंका सडकमा वर्षौंदेखि सताइरहेका खाल्डाखुल्डीको तत्काल मर्मत गर्न नेपालमै पहिलोपटक ‘सडक पोटहोल एम्बुलेन्स’ सेवा सुरु गरिएको जानकारी दिएका छन्।

मन्त्री घिसिङका अनुसार यो विशेष एम्बुलेन्सले सडकमा देखिएका खाल्डाखुल्डी तुरुन्तै पुगेर मर्मत गर्ने भएकाले अब सवारी साधन र पैदलयात्री दुवैलाई सुरक्षित तथा सहज यात्रा हुने अपेक्षा गरिएको छ।

नमूना परियोजनाका रूपमा काठमाडौं उपत्यकाबाट सुरु भएको यो सेवा चौबीसै घण्टा, वर्षभरि नै तयारी अवस्थामा रहनेछ। सडक विभाग र काठमाडौं महानगरपालिकाको सहकार्यमा सञ्चालित यो युनिटमा आधुनिक मेसिन र दक्ष प्राविधिकहरू खटाइएका छन्।

मन्त्री घिसिङले भने, “सडकमा खाल्डो देखिएलगत्तै सूचना प्राप्त हुनासाथ एम्बुलेन्स घटनास्थलमा पुगेर तत्काल ‘प्याचिङ’ (मर्मत) कार्य सुरु गर्नेछ। विकसित देशहरूमा लामो समयदेखि प्रचलित यो प्रविधि नेपालमा पहिलोपटक भित्र्याइएको हो। सफल भएमा यो सेवा पोखरा, विराटनगर, बुटवललगायत अन्य प्रमुख सहरमा पनि क्रमिक रूपमा विस्तार गरिने योजना रहेको छ।”

यसैगरी, सडकका समस्या छिटो पहिचान र समाधान गर्न नयाँ मोबाइल एप पनि सार्वजनिक गरिएको छ। सर्वसाधारणले सडकमा देखेका खाल्डाखुल्डीको फोटो खिचेर एपमा तुरुन्तै अपलोड गर्न सक्नेछन् भने मर्मत कार्यको प्रगति र कहिले सकिने भन्ने जानकारी पनि सोही एपबाटै हेर्न सकिने व्यवस्था मिलाइएको छ।

मन्त्री घिसिङले थपे, “यो सेवाले सडक दुर्घटना न्यूनीकरणमा ठूलो सहयोग पुग्ने विश्वास छ। अब खाल्डाखुल्डी महिनौंसम्म अलपत्र पर्ने दिन गए।”

काठमाडौंबासीले यो नयाँ सेवालाई स्वागत गरेका छन् भने केहीले “अब कार्यान्वयनमा पनि उत्तिकै तीव्रता देखियोस्” भन्दै शुभकामना दिएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.