बुधबार, श्रावण २०,२०८३ 03:53:02
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 03:53:02
Bizshala
Global IME Bank Limited

अपी पावरको सहायक कम्पनी दार्चुला पावरले आईपीओ जारी गर्ने

अपी पावरको सहायक कम्पनी दार्चुला पावरले आईपीओ जारी गर्ने
New Office

काठमाण्डौ । दार्चुला पावर लिमिटेडले मङ्सिर १२ गते शुक्रबार आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सभामा आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणदेखि आईपीओ जारी गर्ने तयारीसम्मका सबै सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएको कम्पनीले जनाएको छ।

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनीका रूपमा दार्चुला पावरले हाल दार्चुला जिल्लामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत परियोजना निर्माण गरिरहेको छ। करिब ५६६ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना द्रुत गतिमा अघि बढिरहेको प्रबन्ध पक्षले स्पष्ट गरेको छ।

सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको २०७८/८२ को वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल भयो र त्यसपछि सर्वसम्मतिले अनुमोदन गरियो। प्रतिवेदनमा परियोजनाको निर्माण प्रगति, आर्थिक व्यवस्थापन, सञ्चालनका चुनौतीहरू र आगामी लक्ष्यबारे उल्लेख गरिएको थियो।

यस्तै, बासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण सहित आर्थिक वर्ष २०८१/८२ का सम्पूर्ण वित्तीय अभिलेखहरू सभाले पारदर्शी र व्यवस्थित रहेको निष्कर्ष निकाल्दै पारित गर्यो। कम्पनीले अपनाएको वित्तीय शिस्त र लागत नियन्त्रण प्रणालीको सभामा प्रशंसा गरिएको थियो।

कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ।

यसैगरी, साधारणसभाले कम्पनीका साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) ल्याउने प्रस्ताव पारित गरेको छ। प्रबन्ध निर्देशक शास्वत चालिसेका अनुसार कम्पनीले यससम्बन्धी प्रक्रियालाई अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरिसकेको छ।

आइपिओ जारी गर्नु अघि कम्पनीले आफ्नो अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्ने तथा त्यसअनुसार प्रबन्धपत्र–नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ।

सभामा संचालक सञ्जीव न्यौपानेले आयोजना निर्धारित समयभन्दा छिट्टै सम्पन्न गर्ने लक्ष्यप्रति कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे। उनका अनुसार निर्माण कार्य, ठेक्का व्यवस्थापन, सामग्री आपूर्ति, स्थानीय समन्वय र वित्त व्यवस्थापनको प्रभावकारी संयोजनका कारण मध्य चमेलिया आयोजनाले उल्लेख्य प्रगति हासिल गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.