बुधबार, फाल्गुन ६,२०८२ 09:01:49
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 09:01:49
Bizshala
Global IME Bank Limited

दीपक भट्टले भने-'मेरो घरमा सीआईबीले छापा मारेको होइन'

दीपक भट्टले भने-'मेरो घरमा सीआईबीले छापा मारेको होइन'
Shivam Cement

काठमाण्डौ । युवा व्यवसायी दीपक भट्टले आफ्नो निवासमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले छापा मारेको झूठा खबर नियोजित रुपमा फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।  

सानेपास्थित उनको निवासमा सीआईबीको एक टोलीले आइतबार अपरान्ह छापा मारेको समाचार फैलिएपछि व्यवसायी भट्टले ती सबै झूठा खबर रहेको दाबी गरे । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

'मेरो घरमा छापा मारेको हुँदै नभएको विषयलाई समाचार बनाएर ममाथि प्रहार गर्ने काम भएको छ । तपाईहरुले प्रहरीसँग बुझे पनि भयो नि । न घर, न अफिस, कतै पनि प्रहरीले छापा मारेको होइन । छापा मार्ने कारण नै छैन ।' उनले आफ्नो दलिल पेश गर्दै बिजशालासँग भने-'मेरो चरित्र हत्या गर्ने हिसाबले फैलाइएको हल्लामा कुनै सत्यता नरहेको म सम्पूर्णमा प्रष्ट पार्न चाहन्छु । मैले कहीँकतै गलत गरेको र त्यसकै कारण सीआईबीले छापा मारेका जस्ता विषय पुष्टि गर्न म हल्ला फैलाउनेहरुलाई चुनौति समेत दिन चाहन्छु ।' 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यूरोप/अमेरिकामा जिम्मेवार पत्रकारिता नगर्ने र नियोजित रुपमा कसैको चरित्र हत्या गर्ने सञ्चारमाध्यममाथि पनि मुद्दा हाल्न पाइने र क्षतिपूर्ति समेत दाबी गर्न पाइने बलियो कानून रहेको दृष्टान्त पेश गर्दै उनले हुँदै नभएको विषयलाई भाइरल बनाउनेहरुमाथि पनि कडा सजाय हुने कानूनी व्यवस्था ल्याउन सरकारसँग माग गरेका छन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.