सोमबार, जेष्ठ ४,२०८३ 04:56:53
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:56:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभू बैंकले निरज लम्साललाई बनायो कामू सीईओ

अध्यक्षले भने-'सेवा प्रवाह निरन्तर हुन्छ, व्यक्तिको कुराले बैंकलाई असर गर्दैन'

Laxmi Sunrise Bank Limited
प्रभू बैंकले निरज लम्साललाई बनायो कामू सीईओ
Shivam Cement

काठमाण्डौ । प्रभू बैंक लिमीटेडले निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)को रुपमा निरज लम्साललाई नियुक्त गरेको छ ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल पक्राउ परेपछि दैनिक कार्यसम्पादनको मुख्य जिम्मेवारीसहित सोही बैंकमा उपलब्ध सबैभन्दा सिनियर कर्मचारीको रुपमा लम्सालले कामू सीईओको जिम्मेवारी पाएका हुन् । 

Bizshala
New Office
CG Motors

बैंकको सञ्चालक समितिका अध्यक्ष किशोरजंग कार्कीले बिजशालासँग कुरा गर्दै आइतबार राति आकस्मिक रुपमा बसेको बैठकले लम्साललाई कामू दिने निर्णय गरेको पुष्टि गरे ।  

'सीईओ र डिसीईओ पक्राउपछि बैंकमा उहाँ(लम्साल) वरिष्ठ कर्मचारी हो । त्यसका कारण नियमित कामकाज सुचारु होस् र केही व्यक्ति पक्राउ पर्दैमा बैंकको काममा केही प्रभाव नपरोस् भन्ने उद्देश्यले उहाँलाई कामू दिइएको हो ।' उनले भने -'बैंकले उहाँलाई निमित्तको रुपमा गर्न सकिने बाहेकको विशेष अधिकार चाहिँ दिएको छैन । अर्को व्यवस्था नभएसम्मका लागि बैंकको नेतृत्व अब उहाँले नै गर्नुहुन्छ ।' 

Garima Development Bank
Shivam Cement
IME remit

अध्यक्ष कार्कीले बैंकका आम निक्षेपकर्ता, सेयरधनी, ग्राहकलाई ढुक्क रहन र बैंक पूर्ववतः अवस्थामै सञ्चालन हुनेमा विश्वस्त रहन समेत अपील गरेका छन् ।  

'सीआईबीको अनुसन्धान व्यक्तिगत अनुसन्धानको कुरा हो । यसले बैंकलाई केही पनि असर गर्दैन ।'- उनले थपे ।  

केही कर्मचारीले लम्साललाई कामू दिइएको विषयमा असन्तुष्टि जनाएपछि उनीहरुलाई समेत सम्बोधन गर्दै अध्यक्ष कार्कीले कुनै छनौट विधिबाट बैंकको नेतृत्वको जिम्मा नदिइएकोले अहिले नै नअत्तालिन आग्रह समेत गरे । बैंकको सेवा प्रवाहलाई अझ चुस्त र दुरुस्त बनाउने कार्यमा दत्तचित्त भएर लाग्न समेत उनले कर्मचारीलाई आग्रह गरेका छन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.