बुधबार, श्रावण २०,२०८३ 03:50:34
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 03:50:34
Bizshala
Global IME Bank Limited

एस्पायर कलेज र कोरियाली कम्पनी छन्जे एजुकेशनबीच दक्षिण कोरियामा सम्झौता

एस्पायर कलेज र कोरियाली कम्पनी छन्जे एजुकेशनबीच दक्षिण कोरियामा सम्झौता
New Office

काठमाण्डौ । बिराटनगरमा संचालित एस्पायर कलेजले कोरियाको अग्रणी एड-टेक कम्पनी छन्जे एजुकेशनसँग औपचारिक सम्झौता (MOU) दक्षिण कोरियामा सम्पन्न गरेको छ। कोरियाको डिजिटल शिक्षा क्षेत्रमा शीर्ष स्थान ओगटिरहेको छन्जे एजुकेशनसँगको यो सहकार्यले एस्पायर कलेजका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सिकाइ र अवगतता प्राप्त गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

एस्पायर कलेजले काठमाडौँ विश्वविद्यालयका School of Engineering र School of Education मार्फत Bachelors in Information Technology (BIT) र Bachelors of Technical Education in Information Technology (BTech. Ed IT) कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। यस सहकार्यले यी दुवै कार्यक्रमका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरका EdTech अभ्यास र वास्तविक परियोजनासँग प्रत्यक्ष रूपमा जोडिने अवसर दिनेछ। 

सम्झौता अनुसार, छन्जे एजुकेशनले एस्पायर कलेजका विद्यार्थीहरूका लागि ६ हप्ते अन्तर्राष्ट्रिय बुटक्याम्पपछि २ दिने ह्याकाथन यहि डिसेम्बर ८ बाट सुरु गर्नेछ। यस कार्यक्रममार्फत विद्यार्थीहरूले डिजिटल कन्टेन्ट डेभलपमेन्ट, UI/UX डिजाइन, कोडिङ वर्कफ्लो (GitHub), इन्टरेक्टिभ लर्निङ सिस्टम, र क्लाउड डिप्लोयमेन्ट जस्ता अत्याधुनिक सीपहरू प्रत्यक्ष रूपमा सिक्ने मौका पाउनेछन्। 

ह्याकाथनमा उत्कृष्ट प्रदर्शन गर्ने ३ उत्तम टोलीहरूलाई नगद पुरस्कार सहित कोरियाली एड-टेक परियोजनाहरूमा संलग्न हुने अवसर प्रदान गरिनेछ, जसले उनीहरूको करियरमा अन्तर्राष्ट्रिय पहुँच, अनुभव र प्रतिस्पर्धात्मक क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ।

एस्पायर कलेजले कोरियाली कम्पनीसंग गरेको यो सम्झौतालाई शैक्षिक नवप्रवर्तन, अन्तर्राष्ट्रिय सहकार्य, र सीप विकासको दिशामा ठूलो उपलब्धि मानिएको छ। यो सहकार्यले नेपाली विद्यार्थीलाई ग्लोबल स्ट्यान्डर्डको एड-टेक (EdTech) वातावरणसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.