काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४३.६८ रुपैयाँ र बिक्रीदर १४४.२८ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पनि अमेरिकी डलरको यही सटही दर कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १६७.२८ रुपैयाँ र बिक्रीदर १६७.९८ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९१.५३ रुपैयाँ र बिक्रीदर १९२.३३ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९५.४० रुपैयाँ र बिक्रीदर ९५.८० रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.१२ रुपैयाँ र बिक्रीदर ३९.२८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.३२ रुपैयाँ र बिक्रीदर २०.४१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.९५ रुपैयाँ र बिक्रीदर ३५.१० रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.४३ रुपैयाँ र बिक्रीदर ३९.५९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७५ रुपैयाँ र बिक्रीदर ९.७९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६८.०६ रुपैयाँ र बिक्रीदर ४७०.०१ रुपैयाँ कायम भएको छ ।

