काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४३.८२ रुपैयाँ र बिक्रीदर १४४.४२ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४३.६८ रुपैयाँ र बिक्रीदर १४४.२८ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १६७.५४ रुपैयाँ र बिक्रीदर १६८.२३ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९१.५४ रुपैयाँ र बिक्रीदर १९२.३४ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९५.४९ रुपैयाँ र बिक्रीदर ९५.८९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.१६ रुपैयाँ र बिक्रीदर ३९.३२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.३५ रुपैयाँ र बिक्रीदर २०.४३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.९७ रुपैयाँ र बिक्रीदर ३५.११ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.४७ रुपैयाँ र बिक्रीदर ३९.६३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८० रुपैयाँ र बिक्रीदर ९.८४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६८.४५ रुपैयाँ र बिक्रीदर ४७०.४१ रुपैयाँ कायम भएको छ ।

