बिहीबार, बैशाख ३१,२०८३ 09:23:52
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:23:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मोवाइलको लोकेसन बैंकभित्रै छ, सीसीटिभीबाट कतै निस्किएको पनि देखिन्न, तर गायब भइन् रश्मी पन्त !

Laxmi Sunrise Bank Limited
मोवाइलको लोकेसन बैंकभित्रै छ, सीसीटिभीबाट कतै निस्किएको पनि देखिन्न, तर गायब भइन् रश्मी पन्त !
Shivam Cement

काठमाण्डौ । आइतबार दिउँसोदेखि प्रमुख व्यवसाय अधिकृत(सीबीओ) रश्मी पन्तलाई पक्राउ गर्न प्रभू बैंकको मुख्यालय पुगेको प्रहरीको टोलीले साँझ ७ बजेसम्म पनि उनलाई फेला पार्न सकेको छैन ।  

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोली दिउँसो बैंकको छैठौं तलामा चढ्नुअघि नै कतैबाट रश्मीलाई सूचना लिक भइसकेको थियो । हतार–हतार उनी बैंकभित्रकै कुनै अज्ञातस्थलमा लुकेकी थिइन् । दिउँसोदेखि साँझसम्म पनि प्रहरीले सर्च अपरेशन चलाउँदा समेत रश्मी भेटिएकी छैनन् । 

Bizshala
New Office
CG Motors

'उहाँको मोवाइलको लोकेसन बैंकभित्रै देखिन्छ । हामीले बैंकबाट बाहिर निस्किने लगायतका सबै सिसीटिभी फूटेज हेर्दा कतैबाट निस्किएको पनि देखिन्न । उहाँको कार्यकक्षको ढोका लागेको छ । तर हालसम्म फेला पार्न सकेनौं ।' अपरेशनमा खटिएका एक प्रहरीले बिजशालासँग भने-'हामी अहिले बैंकबाट बाहिर निस्किएका छौं ।'  

प्रहरी टोली दिनभर बैंकभित्रै ढुकेर बस्दा समेत पन्त फेला नपरेपछि केहीबेरअघि बाहिरिएको हो ।  

प्रहरी टोलीसँगै बैंकका कामु सीईओ निरज लम्साल लगायतका उच्चपदस्थ कर्मचारीहरु पनि बैंकबाट बाहिरिएका छन् । 

Garima Development Bank
Shivam Cement
IME remit

आइटी र अन्य अत्यावश्यक विभागका कर्मचारीहरु भने राति १२ बजेसम्म बस्ने बताइएको छ ।  

सीबीओ पन्त बैंकभित्रै एकाएक गायब भएको घटनाले कर्मचारी समेत चकित परेका छन् । 'कसैलाई थाहा नहुने गोप्य कुनै ठाउँ पहिलादेखि नै बनाइएको थियो कि भन्ने देखिन्छ ।' एक कर्मचारीले भने-'नभए जादूजस्तो एकाएक मान्छे कसरी भवनभित्रै गायब हुन्छ ?'  

सीईओ, डिसीइओ लगायत ४ उच्चपदस्थपछि सीबीओलाई समेत पक्राउ गर्न प्रहरी आएपछि प्रभू बैंकको मुख्य कार्यालयका कर्मचारी त्रसित छन् । 'काम गर्ने जाँगर नै चलेको छैन ।' कर्मचारीहरुले भनेका छन्-'कुन बेला को पक्राउ पर्ने हो, टुंगो भएन । त्रासै त्रासमा काम गर्नुपर्ने बाध्यतामा छौं हामी ।'  

यसअघि प्रकाशित समाचारहरु:

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

1.'राष्ट्रबैंक र सीआईबी मिलाइसकेँ' भन्दै कमब्याक, प्रभूमा रश्मीलाई सीईओ बनाउने शेरचन समूहको 'प्लान बी'

2. सीआईबीको केही घण्टादेखि प्रभूमा सर्च अपरेशन, रश्मी पन्त लुकेको ठाउँ पत्ता लगाउन हैरानी

 

Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.