मंगलवार, फाल्गुन १९,२०८२ 07:37:00
Bizshala
  • मंगलवार, फाल्गुन १९,२०८२ 07:37:00
Bizshala
Global IME Bank Limited

शाओमी नेपालको रमेशकर्प अन्तर्गत तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

शाओमी नेपालको रमेशकर्प अन्तर्गत तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा
Shivam Cement

काठमाण्डौ । शाओमीले नेपालभर उत्कृष्ट ग्राहक सेवा र सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित हेटौँडा, दमौली र बिर्तामोडमा तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । मंसिर २६, २७ र २९ गते क्रमशः सञ्चालनमा आएका यी सर्भिस सेन्टरहरू शाओमी प्रयोगकर्तालाई छिटो, भरपर्दो र विश्वासनीय सेवाको पहुँच अझ सुदृढ बनाउने लक्ष्यसहित शुरु गरिएको कम्पनीले जनाएको छ ।

नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (स्मार्टवाच, फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन/हेडफोन) लगायतका उपकरणहरूको मर्मत, तथा प्राविधिक सहयोग प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ । सबै केन्द्रमा शाओमीका जेनुइन स्पेयर पाट्र्स र आधिकारिक मर्मत प्रक्रियाहरू अपनाइने भएकाले ग्राहकले गुणस्तरीय, भरपर्दो र दीर्घकालीन सुरक्षित सेवा प्राप्त गर्नेछन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यी तीनै सर्भिस सेन्टरहरू रमेश कर्पअन्तर्गत टेलिडाइरेक्ट प्रालिद्वारा सञ्चालन गरिनेछन् । टेलिडाइरेक्ट नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक बितरक तथा सर्भिस, ग्राहक सहयोग र भरपर्दो सेवा प्रदान गर्दै आएको अनुभवी सेवा प्रदायक कम्पनी पनि हो । सर्भिस सेन्टर उद्घाटनको अवसरमा हेटौँडा, दमौली र बिर्तामोडका ग्राहकहरुलाई उद्घाटन भएको मितिदेखि एक महिनासम्म विशेष सुविधा उपलब्ध गराउने घोषणा गरेको हो ।

साथै, उक्त स्थानका ग्राहकहरुले सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेड तथा वारिन्टीबाहिरका स्पेयर पाट्र्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट र वारिन्टीबाहिरका स्पेयर पाट्र्समा सर्भिस शुल्क नलाग्ने सुविधा पनि प्राप्त गर्नेछन् ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस अवशरमा शाओमी नेपालका प्रतिनिधिले भने, ‘हेटौँडा, दमौली र बिर्तामोडमा एकैसाथ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी अत्यन्तै हर्षित छौँ । हामीले लोकप्रिय उपकरणहरूको आधिकारिक र भरपर्दो सेवा उपलब्ध गराउँदा नेपाली उपभोक्ताहरुलाई झनै सहज र विश्वासयोग्य हुनेछ । टेलिडाइरेक्टसँगको सहकार्यले सेवाको गुणस्तर र पहुँच दुवै थप मजबुत हुँदै जानेछ भन्ने विश्वास हामीले लिएका छौँ ।’

यी तीनै सर्भिस सेन्टरहरूमा दक्ष प्राविधिकहरू नियुक्त गरिएको शाओमी नेपालले जनाएको छ । दक्ष प्राविधिकहरूले साधारण समस्या समाधानदेखि जटिल प्राविधिक मर्मसम्मका सेवाहरू कम्पनीका आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउनेछन् । ग्राहकहरूले तत्काल सल्लाह, मर्मत तथा सेवा सुविधाका लागि नजिकैको सर्भिस सेन्टरमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.