सोमबार, मंसिर २९,२०८२ 07:37:57
Bizshala
  • सोमबार, मंसिर २९,२०८२ 07:37:57
Bizshala
Global IME Bank Limited
Bizshala

शाओमी नेपालको रमेशकर्प अन्तर्गत तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

Hyundai Nepal
शाओमी नेपालको रमेशकर्प अन्तर्गत तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा
Shivam Cement

काठमाण्डौ । शाओमीले नेपालभर उत्कृष्ट ग्राहक सेवा र सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित हेटौँडा, दमौली र बिर्तामोडमा तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । मंसिर २६, २७ र २९ गते क्रमशः सञ्चालनमा आएका यी सर्भिस सेन्टरहरू शाओमी प्रयोगकर्तालाई छिटो, भरपर्दो र विश्वासनीय सेवाको पहुँच अझ सुदृढ बनाउने लक्ष्यसहित शुरु गरिएको कम्पनीले जनाएको छ ।

नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (स्मार्टवाच, फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन/हेडफोन) लगायतका उपकरणहरूको मर्मत, तथा प्राविधिक सहयोग प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ । सबै केन्द्रमा शाओमीका जेनुइन स्पेयर पाट्र्स र आधिकारिक मर्मत प्रक्रियाहरू अपनाइने भएकाले ग्राहकले गुणस्तरीय, भरपर्दो र दीर्घकालीन सुरक्षित सेवा प्राप्त गर्नेछन् ।

CG Motors
Garima Development Bank
Bizshala

यी तीनै सर्भिस सेन्टरहरू रमेश कर्पअन्तर्गत टेलिडाइरेक्ट प्रालिद्वारा सञ्चालन गरिनेछन् । टेलिडाइरेक्ट नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक बितरक तथा सर्भिस, ग्राहक सहयोग र भरपर्दो सेवा प्रदान गर्दै आएको अनुभवी सेवा प्रदायक कम्पनी पनि हो । सर्भिस सेन्टर उद्घाटनको अवसरमा हेटौँडा, दमौली र बिर्तामोडका ग्राहकहरुलाई उद्घाटन भएको मितिदेखि एक महिनासम्म विशेष सुविधा उपलब्ध गराउने घोषणा गरेको हो ।

साथै, उक्त स्थानका ग्राहकहरुले सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेड तथा वारिन्टीबाहिरका स्पेयर पाट्र्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट र वारिन्टीबाहिरका स्पेयर पाट्र्समा सर्भिस शुल्क नलाग्ने सुविधा पनि प्राप्त गर्नेछन् ।

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

यस अवशरमा शाओमी नेपालका प्रतिनिधिले भने, ‘हेटौँडा, दमौली र बिर्तामोडमा एकैसाथ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी अत्यन्तै हर्षित छौँ । हामीले लोकप्रिय उपकरणहरूको आधिकारिक र भरपर्दो सेवा उपलब्ध गराउँदा नेपाली उपभोक्ताहरुलाई झनै सहज र विश्वासयोग्य हुनेछ । टेलिडाइरेक्टसँगको सहकार्यले सेवाको गुणस्तर र पहुँच दुवै थप मजबुत हुँदै जानेछ भन्ने विश्वास हामीले लिएका छौँ ।’

यी तीनै सर्भिस सेन्टरहरूमा दक्ष प्राविधिकहरू नियुक्त गरिएको शाओमी नेपालले जनाएको छ । दक्ष प्राविधिकहरूले साधारण समस्या समाधानदेखि जटिल प्राविधिक मर्मसम्मका सेवाहरू कम्पनीका आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउनेछन् । ग्राहकहरूले तत्काल सल्लाह, मर्मत तथा सेवा सुविधाका लागि नजिकैको सर्भिस सेन्टरमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.