मंगलवार, फाल्गुन ५,२०८२ 10:34:29
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 10:34:29
Bizshala
Global IME Bank Limited

राधि विद्युतले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

राधि विद्युतले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Shivam Cement

काठमाण्डौ । राधि विद्युत कम्पनी लिमिटेडले आगामी पुस २२ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको चापागाउँमा रहेको हिमशिखर पार्टी भेन्यूमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै, सञ्चालक समितिको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने,आव २०८२/८३ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.