बिहीबार, आश्विन १,२०८३ 03:53:09
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 03:53:09
Bizshala
Global IME Bank Limited

स्वावलम्बन लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य प्रस्ताव

स्वावलम्बन लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य प्रस्ताव
New Office

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको ४६९ औं बैठकले २४ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी पुस २५ गते शुक्रबार काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आव २०८१/८२ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.६३६५ प्रतिशत बोनस सेयर र ४.३६३५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल १० प्रतिशत लाभांश  वितरणको प्रस्ताव पारित गरिनेछ ।  

यस्तै हालको जारी तथा चुक्ता पूँजीबमोजिमको बोनस सेयर जारी गरेर जारी तथा चुक्ता पूँजी  १ अर्ब ७५ करोड कायम गर्ने, हाल कायम रहेको संस्थापक शेयरमध्ये ९ प्रतिशत बिन्दुले हुन आउने संस्थापक सेयरलाई सर्वसाधारण शेयरमा परिणत गरी संस्थापक र सर्वसाधारण सेयरको अनुपात ६०ः४० लाई ५१ः४९ कायम गर्ने र संस्थाले अन्य इजाजतपत्रप्राप्त “घ” वर्गका एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर/प्राप्ति गर्न उपयुक्त देखेमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरिनेछ ।

Shivam Cement
Bizshala
CG Motors

यस्तै अध्यक्षद्धारा प्रस्तुत आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तको वासलात तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गरिनेछ ।  सभामा सञ्चालक समितिमा भएको स्वतन्त्र सञ्चालक र प्रतिनिधि सञ्चालकको नियुक्ति सम्बन्धमा जानकारी समेतख गराइनेछ ।  

Muktinath Bikas Bank Limited

लाभांश वितरण तथा साधारण सभाको प्रयोजनको लागि कम्पनीले पुस १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.