बुधबार, श्रावण २०,२०८३ 02:44:52
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 02:44:52
Bizshala
Global IME Bank Limited

पाँच महिनामा ३८ अर्ब ५९ करोडबराबरको एफडीआई प्रतिबद्धता

पाँच महिनामा ३८ अर्ब ५९ करोडबराबरको एफडीआई प्रतिबद्धता
New Office

काठमाण्डौ। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा ३८ अर्ब ५९ करोड ६६ लाख ४४ हजार ५ सय ५२ रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ।

उद्योग विभागका अनुसार साउनदेखि मंसिरसम्म कुल ४ सय ३८ वटा लगानी प्रतिबद्धता प्राप्त भएका छन्। तीमध्ये १ सय ५२ वटा स्वचालित प्रणालीमार्फत र २ सय ८६ वटा विभागमै उपस्थित भई स्वीकृत गरिएका हुन्।

विभागका अनुसार स्वचालित प्रणालीबाट २ अर्ब ५९ करोड ४ लाख ८६ हजार रुपैयाँबराबरको तथा विभागमै स्वीकृति लिएर ३६ अर्ब १ लाख ५८ हजार ५ सय ५२ रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ।

मंसिर महिनामा मात्रै ५६ वटा परियोजनामार्फत १ अर्ब ९१ करोड ४९ लाख ५८ हजार ५ सय ५२ रुपैयाँबराबरको प्रतिबद्धता आएको विभागले जनाएको छ।

उक्त अवधिमा साना, मझौला र ठूला गरी विभिन्न किसिमका उद्योग सञ्चालनका लागि विदेशी लगानी स्वीकृत भएको छ। सबैभन्दा बढी ४ सय २३ वटा साना उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ भने ८ वटा मझौला र ७ वटा ठूला उद्योगका लागि विदेशी लगानीकर्ताले स्वीकृति लिएका छन्।

क्षेत्रगत रूपमा सूचना प्रविधि क्षेत्रमा सबैभन्दा बढी २ सय ३६ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ। त्यसपछि पर्यटन क्षेत्रमा १ सय ८५ वटा, सेवा क्षेत्रमा २८ वटा, उत्पादनमा २४ वटा, कृषिमा १३ वटा, खनिजमा १ वटा र ऊर्जा क्षेत्रमा १ वटा उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.