काठमाण्डौ । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.३२ रुपैयाँ र बिक्रीदर १४४.९४ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४५.३५ रुपैयाँ र बिक्रीदर १४५.९५ रुपैयाँ कायम थियो ।
यस्तै आज यूरो र पाउण्डको भाउ समेत घटेको छ । आज एक यूरोको खरिददर १६९.०८ रुपैयाँ र बिक्रीदर १६९.७८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १७०.८६ रुपैयाँ र बिक्रीदर १७१.५६ रुपैयाँ कायम थियो । एक पाउण्ड स्टर्लिङको खरिददर १९२.३९ रुपैयाँ र बिक्रीदर १९३.१९ रुपैयाँ निर्धारण भएको छ ।
अघिल्लो दिन एक पाउण्ड स्टर्लिङको खरिददर १९५.०२ रुपैयाँ र बिक्रीदर १९५.८३ रुपैयाँ कायम थियो ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९५.४९ रुपैयाँ र बिक्रीदर ९५.८९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२८ रुपैयाँ र बिक्रीदर ९.३२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.२९ रुपैयाँ र बिक्रीदर ३९.४६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.४९ रुपैयाँ र बिक्रीदर २०.५७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.३० रुपैयाँ र बिक्रीदर ३५.४५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.४९ रुपैयाँ र बिक्रीदर ३९.४५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७५ रुपैयाँ र बिक्रीदर ९.७९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७०.१९ रुपैयाँ र बिक्रीदर ४७२.१४ रुपैयाँ कायम भएको छ ।

