आईतवार, असार १४,२०८३ 08:02:57
Bizshala
  • आईतवार, असार १४,२०८३ 08:02:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

न्यादी हाईड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

Laxmi Sunrise Bank Limited
न्यादी हाईड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडले लाभांशको प्रस्तावबिना साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटी ब्याङक्वेटमा अपरान्ह १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको कुनै प्रस्ताव पेश नगरेकाले लाभांशसँग सम्बन्धित कुनै पनि एजेण्डा सभामा पेश हुने छैन ।  

New Office
CG Motors
Garima Development Bank

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।    

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.