बिहीबार, आश्विन १,२०८३ 02:39:02
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 02:39:02
Bizshala
Global IME Bank Limited

पुसको अन्त्यसमा साधारण सभा आयोजना गर्दै कुथेली बुखरी स्मल हाइड्रोपावर, बुक क्लोज कहिले ?

पुसको अन्त्यसमा साधारण सभा आयोजना गर्दै कुथेली बुखरी स्मल हाइड्रोपावर, बुक क्लोज कहिले ?
New Office

काठमाण्डौ ।  कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश पारितको विशेष प्रस्तावसहित साधारण सभा डाकेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १४ वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा पुस २९ गते काठमाण्डौको नयाँ बानेश्वरमा रहेको काठमाण्डौ ब्याङक्वेटमा मध्यान्ह साढे २ बजेदेखि सुरु हुनेछ । उक्त सभामा सञचालक समितिले गत आवका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै, कम्पनीको जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने र सोही बमोजिम कम्पनीको प्रवन्धपत्र संशोधन गर्ने साथै नियमावलीका केही दफाहरुमा संशोधन गर्ने र कम्पनीको थप परियोजनाको लागि बैंक वित्तिय संस्थाबाट थप ऋणको रकम लिने प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका केही दफा/नियमहरुको संशोधन स्वीकृत गर्ने तथा उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायले फेरबदल, परिमार्जन वा संशोधन गर्न सुझाव वा निर्देशन दिएमा सोही अनुरुप आवश्यक फेरबदल, परिमार्जन वा संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव समेत पारित हुनेछ ।  

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित हुनेछ ।  

Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.