आईतवार, असार १४,२०८३ 02:24:55
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:24:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सोनापुर मिनरल्सद्वारा साधारण सभा आह्वान

Laxmi Sunrise Bank Limited
सोनापुर मिनरल्सद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १८ औं साधारण सभा डाकेको छ । उक्त सभा आगामी पुस ३० गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्शनमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

सभामा कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कम्पनीको हाल कायम रहेको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी लिएको ऋण रकम अनुमोदन गर्ने र थप ऋण लिनु परेमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८२/८३ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र गत आवमा सञ्चालक समितिको तर्फबाट भएका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.