बुधबार, असार १७,२०८३ 06:10:30
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:10:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी

Laxmi Sunrise Bank Limited
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी

काठमाण्डौ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाण्डौको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।  पदाधिकारीका सबै पदमा सम्पन्न निर्वाचनमा अध्यक्ष गिरीसँगै प्रथम उपाध्यक्षमा दिलिप पुरी, द्वितीय उपाध्यक्षमा ईश्वरीप्रसाद मारासिनी, सचिवमा धनञ्जय पौडेल, सहसचिवमा राजन शिवाकोटी, कोषाध्यक्षमा गोविन्द पौडेल तथा लेखा समिति संयोजकमा निषा सापकोटा निर्वाचित भएकी छन्।

यसैगरी, कार्यसमिति सदस्यहरूमा दीपक लामिछाने, बुद्धि विष्ट, सुजन बराल, रविन्द्र कार्की, मदन ढकाल र उद्धव घिमिरे निर्वाचित भएका छन्। लेखा समिति सदस्यहरूमा शिव देवकोटा र राजाराम फुँयाल निर्विरोध निर्वाचित भएका थिए।

New Office
CG Motors
Garima Development Bank

नवनिर्वाचित कार्यकारी समितिको प्रथम बैठकले अघिल्लो कार्यकालमा रचनात्मक सहयोग पुर्याउने सदस्यहरू मध्येबाट बाबुराम आचार्य र पदम भण्डारीलाई कार्यसमितिमा मनोनित गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नवनिर्वाचित अध्यक्ष विष्णुलाल गिरीले काठमाण्डौ जिल्लाका व्यवसायीहरूलाई एकढिक्का बनाउँदै व्यवसायीको हक–हितको पक्षमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै, विद्यालय हाताभित्रबाट अनधिकृत रूपमा बिक्री–वितरण हुँदै आएका पाठ्यपुस्तक तथा स्टेशनरी सामग्रीलाई व्यवसायीका शटरसम्म ल्याउन विशेष अभियान सञ्चालन गर्ने आफ्नो मुख्य उद्देश्य रहेको जानकारी दिएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.