बुधबार, श्रावण २०,२०८३ 02:44:42
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 02:44:42
Bizshala
Global IME Bank Limited

स्वच्छता मापदण्ड उल्लङ्घन गर्ने तीन होटल कारबाहीमा, ६० हजार रुपैयाँ जरिवाना

स्वच्छता मापदण्ड उल्लङ्घन गर्ने तीन होटल कारबाहीमा, ६० हजार रुपैयाँ जरिवाना
New Office

काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा स्वच्छता मापदण्ड उल्लङ्घन गरेको भन्दै तीनवटा फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ।

विभागका अनुसार काठमाण्डौको कोटेश्वरस्थित होटल ब्लिस्फुल प्रालिलाई ५० हजार रुपैयाँ, गोल्मादेवी भोजनालय एण्ड लजलाई पाँच हजार रुपैयाँ तथा चडेश्वरी नेवारी खाजा घरलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो। ती फर्महरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ अनुसार कसुर ठहर गर्दै सोही ऐनको दफा ३९ (१) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।

यसैगरी, विभागले अन्य ११ वटा फर्ममा स्थलगत अनुगमन तथा निरीक्षण गरी आवश्यक सुधारात्मक निर्देशनसमेत दिएको छ।

विभागले कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री–वितरणमा रोकथाम तथा उपभोक्ताको हकहित संरक्षण गर्ने उद्देश्यका साथ नियमित रूपमा बजार अनुगमनलाई निरन्तरता दिइरहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.