शनिबार, श्रावण २,२०८३ 04:08:01
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:08:01
Bizshala
Global IME Bank Limited

निर्धन उत्थान लघुवित्तको साधारण सभा पुस ३० गते, यस्ता छन् प्रस्ताव

निर्धन उत्थान लघुवित्तको साधारण सभा पुस ३० गते, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २७ औं साधारण सभा आगामी पुस ३० गते काठमाण्डौको नक्सालमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  

संस्थाको सञ्चालक समितिको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको हो । सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै सभामा सहभागी हुन र लाभांश पाउनका लागि योग्य हुनेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.