बुधबार, असार १७,२०८३ 06:07:36
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:07:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पुस ११ गते बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुँदै

Laxmi Sunrise Bank Limited
पुस ११ गते बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुँदै

काठमाण्डौ । पुस ११ गते शुक्रबार बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । बुधबार कार्की ब्याङक्वेट बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले उक्त जानकारी दिइएको हो । मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त र महिला सहयोगी बचत तथा ऋण सहकारीको संयुक्त आयोजनामा हुने सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाश कुमार श्रेष्ठले गर्ने आयोजकले बताएको छ ।

‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ भन्ने मुल नाराका साथ आयोजना हुने सम्मेलनमा बागमती प्रदेशमा केन्द्रीय कार्यालय रहेका लघुवित्त कार्यक्रम सञ्चालन गर्ने संस्थाहरुको सहभागिता रहने जानकारी आयोजनाको संयोजक समेत रहेकी मानुषी लघुवित्तकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले दिइन् । विगतमा यस्तो सम्मेलन राष्ट्रिय स्तरमा आयोजना हुने गरेको भए पनि प्रदेश स्तरमा पहिलो पटक हुन लागेको आयोजकले बताएको छ ।

New Office
CG Motors
Garima Development Bank

लघुवित्त कार्यक्रमलाई अझ सदस्यमुखी तथा प्रभावकारी बनाउने अभिप्रायले आयोजना हुने उक्त सम्मेलनको मुख्य उद्देश्य लघुवित्तको मूल मर्म र भावना अनुरुप विपन्न वर्गको जीवनस्तरमा सुधार ल्याउने रहेको छ भने ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रुपमा लघुवित्त कार्यक्रमलाई अझै प्रभावकारी बनाउने वातावरण सिर्जना गर्ने तथा युवा सदस्यहरुलाई उद्यमशीलताको विकासतर्फ प्रोत्साहित गर्नुका साथै सवै सरोकारवालाहरुलाई जिम्मेवार र उत्तरदायी बनाउँदै दिगो लघुवित्त अभ्यासको प्रवद्र्धन गराउने लक्ष्य आयोजकले लिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सम्मेलनले लघुवित्त सदस्यहरु बीचमा अनुभव आदान प्रदान भई आपसी समझदारी र सहकार्य बढ्ने तथा ज्ञान तथा सिकाइ अभिबृद्धि हुनुका साथै लघुवित्त क्षेत्रको दिगो विकास, उद्यमशीलता प्रवद्र्धन तथा समावेशी आर्थिक वृद्धिका लागि महत्वपूर्ण योगदान दिने आयोजकले अपेक्षा लिएको छ । सम्मेलनले पछिल्लो समय विद्यमान लघुवित्तप्रतिको नकारात्मक सोचलाई परिवर्तन गर्न पनि भुमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.