बुधबार, श्रावण २०,२०८३ 01:24:32
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 01:24:32
Bizshala
Global IME Bank Limited

कतारद्वारा १३ जना नेपाली कैदीलाई आममाफी

कतारद्वारा १३ जना नेपाली कैदीलाई आममाफी
New Office

काठमाण्डौ । कतार सरकारले विभिन्न जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा उक्त आममाफी प्रदान गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कतार सरकारको यस निर्णयप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार आममाफीले नेपाल–कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्ध, आपसी मित्रता र सौहार्दपूर्ण सहकार्यलाई अझ सुदृढ बनाएको छ।

कतार सरकारले उदारतापूर्वक प्रदान गरेको आममाफीलाई मानव अधिकार र मानवीय संवेदनाको महत्वपूर्ण उदाहरणका रूपमा नेपाल सरकारले लिएको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.