बुधबार, श्रावण ६,२०८३ 12:13:59
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 12:13:59
Bizshala
Global IME Bank Limited

सिटिजन लाइफ इन्स्योरेन्सका कर्मचारीको बोनस ४३.७९% ले वृद्धि

सिटिजन लाइफ इन्स्योरेन्सका कर्मचारीको बोनस ४३.७९% ले वृद्धि
New Office

काठमाण्डौ । सेयर लगानीकर्ताहरुलाई २० प्रतिशत नगद लाभांश वितरण गरेको सिटिजन लाइफ इन्योरेन्सले आफ्ना कर्मचारीहरुको बोनस ४३.७९ प्रतिशतले बढाएको छ ।

आव २०८०/८१ मा ४ करोड २४ लाख ४१ हजार रुपैयाँ कर्मचारी बोनस बाँडेको यो कम्पनीले आव २०८१/८२ मा भने ६ करोड १० लाख २७ हजार रुपैयाँ बोनस वितरण गरेको छ ।

साथै, कम्पनीले कर्मचारीहरुलाई गत आवमा १२ करोड २५ लाख ४९ हजार रुपैयाँ तलब वितरण गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ७.९४ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले कर्मचारीलाई ११ करोड ३५ लाख ३४ हजार रुपैयाँ तलब वितरण गरेको थियो ।

कम्पनीले कर्मचारीको तलब र बोनससँगै भत्ता पनि बृद्धि गरेको छ । अघिल्लो आवमा ८ करोढ २६ लाख भत्ता बाँडेको यो कम्पनीले गत आवमा भने ११.५६ प्रतिशत बढाएर ९ करोड २१ लाख ७८ हजार रुपैयाँ भत्ता वितरण गरेको छ ।

त्यस्तै, कम्पनीले चाडपर्व भत्ता पनि २.८७ प्रतिशतले बढाएर १ करोड ४९ लाख ३२ हजार रुपैयाँ प्रदान गरेको छ भने उपदान स्वरुप ७.७२ प्रतिशत बृद्धि गरी १ करोड १ लाख, विदा वापत पाइने भत्ता ४२.२७ प्रतिशत बढाएर १ करोड ६८ लाख ४४ हजार रुपैयाँ र सामाजिक सुरक्षा कोषमा ७.७२ प्रतिशत बढाएर १ करोड ४२ लाख ७२ हजार रुपैयाँ जम्मा गरेको छ ।

यसका साथै तालिम खर्चमा ६.९० प्रतिशत बृद्धि गरी ७९ लाख ६५ हजार, बीमा सुविधावापत १०.६४ प्रतिशत बृद्धि गरी ३७ लाख रुपैयाँ, रिफ्रेसमेन्ट खर्चमा १७.८५ प्रतिशत बढाई २१ लाख ६२ हजार रुपैयाँ र सर्पोट फ्यासिलिटीमा ४.६६ प्रतिशत बृद्धि गरी २ करोड ८४ लाख ९६ हजार रुपैयाँ खर्च गरेको छ ।

यसरी कम्पनीले गत आवमा कर्मचारी सुविधाका लागि कुल ३७ करोड ४३ लाख १७ हजार रुपैयाँ खर्च गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४.२९ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ३२ करोड ७५ लाख रुपैयाँ कर्मचारीको सेवा सुविधामा खर्च गरेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.