बुधबार, श्रावण २०,२०८३ 01:20:19
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 01:20:19
Bizshala
Global IME Bank Limited

अरुण जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माण हुने

अरुण जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माण हुने
New Office

काठमाण्डौ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा प्रस्तावित ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना पूर्ण रूपमा स्वदेशी पुँजी प्रयोग गरी निर्माण गर्ने लगानी ढाँचा तयार गरिएको छ।

निर्माण अवधिको ब्याजसमेत जोड्दा आयोजनाको कुल लागत करिब ९७ अर्ब ९४ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। आयोजना सरकार तथा सरकारी निकायको लगानी रहेको विद्युत् उत्पादन कम्पनी लिमिटेडमार्फत निर्माण गरिनेछ। प्रस्तावित वित्तीय संरचनाअनुसार कुल लागतको ७० प्रतिशत (करिब ६८ अर्ब ५५ करोड रुपैयाँ) ऋणबाट र बाँकी ३० प्रतिशत (२९ अर्ब ३८ करोड रुपैयाँ) इक्विटी लगानीबाट जुटाइनेछ।

ऋण संकलनका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी(एचआइडिसिएल), कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरू तथा बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमा कर्जा लिने योजना बनाइएको छ।

इक्विटीतर्फ संस्थापक सेयरधनीका साथै गैरआवासीय नेपाली, वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा, अतिविपन्न परिवार तथा सर्वसाधारणलाई लक्षित गरी सेयर निष्कासन गरिनेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले प्रस्तावित लगानी ढाँचाको समीक्षा गर्दै आयोजनाको लागत यथार्थपरक रूपमा अद्यावधिक गरी शीघ्र वित्तीय व्यवस्थापन प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

हालसम्म आयोजना अध्ययन तथा पूर्वनिर्माण चरणमा ७३ करोड १४ लाख रुपैयाँ खर्च भइसकेको छ। आयोजनाबाट वार्षिक २ अर्ब ६९ करोड युनिट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ। हिउँदमा ८२ करोड ६४ लाख युनिट र वर्षायाममा १ अर्ब ८६ करोड ४६ लाख युनिट विद्युत् उत्पादन हुनेछ। विद्युत् बिक्रीबाट वार्षिक करिब १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।

हाल विद्युत् उत्पादन कम्पनीमा सरकारको ३० प्रतिशत, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष र नेपाल टेलिकमको समान १०–१० प्रतिशत, नागरिक लगानी कोषको ५ प्रतिशत, एचआइडिसिएलको ४ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको २ प्रतिशत संस्थापक सेयर स्वामित्व छ। बाँकी २९ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.