शुक्रबार, असार १२,२०८३ 12:33:32
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 12:33:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चीनमा वैज्ञानिकहरूले विकास गरे ‘इलेक्ट्रोनिक स्किन’, रोबोटले अब स्पर्शसँगै पीडा पनि महसुस गर्ने

Laxmi Sunrise Bank Limited
चीनमा वैज्ञानिकहरूले विकास गरे ‘इलेक्ट्रोनिक स्किन’, रोबोटले अब स्पर्शसँगै पीडा पनि महसुस गर्ने

काठमाण्डौ । चीनका वैज्ञानिकहरूले रोबोट प्रविधिमा एक महत्वपूर्ण सफलता हासिल गरेका छन्। हङकङको सिटी युनिभर्सिटीका इन्जिनियर युयु गाओको नेतृत्वमा वैज्ञानिक टोलीले यस्तो अत्याधुनिक इलेक्ट्रोनिक स्किन ‘न्यूरोमर्फिक’ विकास गरेको छ, जसले रोबोटलाई केवल छुनुको अनुभूति मात्र होइन, पीडा  महसुस गर्ने क्षमता पनि प्रदान गर्दछ।

यो प्रविधि न्यूरोमर्फिक टेक्नोलोजीमा आधारित छ, जसले मानव स्नायु प्रणाली जस्तै कार्य गर्दछ। यसले रोबोटलाई सम्भावित खतराबाट तुरुन्त प्रतिक्रिया जनाउन सक्षम बनाउने विश्वास गरिएको छ।

वैज्ञानिकहरूका अनुसार यो आर्टिफिसियल स्किन चार सक्रिय तहहरूबाट बनेको छ। जब स्किनमाथि कुनै वस्तुले दबाब दिन्छ, त्यो स्पर्श तुरुन्तै इलेक्ट्रिकल सिग्नलमा परिणत हुन्छ। यी सिग्नलहरू मानव शरीरमा नसाहरूले मस्तिष्कमा पठाउने संकेतसँग मिल्दोजुल्दो हुन्छन्।

हल्का दबाबलाई सामान्य स्पर्शका रूपमा बुझिन्छ, तर दबाब निश्चित सीमा भन्दा बढी भएपछि रोबोटले यसलाई ‘पीडा’को रूपमा पहिचान गरी तत्काल प्रतिक्रिया दिन्छ।

New Office
CG Motors
Garima Development Bank

यस प्रविधिको सबैभन्दा विशेष पक्ष भनेको यसको रिफ्लेक्स सिस्टम हो। सामान्यतया रोबोटका सबै गतिविधि केन्द्रिय प्रोसेसरमार्फत सञ्चालन हुन्छन्, जसले केही समय लिन्छ। तर यो ई–स्किनमा सीधै मोटरहरूसँग जोडिएको प्रणाली राखिएको छ।

जसै स्किनले तीव्र पीडा वा खतरनाक चोट महसुस गर्छ, सिग्नल सिधै मोटरमा पुग्छ र रोबोटको अंग तुरुन्तै पछाडि हट्छ। यो प्रक्रिया मानवले तातो वस्तु छोएपछि हात तुरुन्तै तान्ने प्राकृतिक प्रतिक्रियासँग मिल्दोजुल्दो छ।

यो स्किन साना–साना म्याग्नेटिक मोड्युलहरूबाट बनेको छ, जुन आपसमा ब्लकको जस्तै जडान गरिएको हुन्छ। प्रत्येक सेन्सर युनिटले निरन्तर सानो सिग्नल पठाइरहन्छ, जसले त्यो भाग ठीकसँग काम गरिरहेको छ कि छैन भन्ने जानकारी दिन्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यदि स्किनको कुनै भाग क्षतिग्रस्त हुन्छ भने सिग्नल बन्द हुन्छ, जसबाट रोबोटले तुरुन्तै क्षतिको स्थान पत्ता लगाउन सक्छ। यद्यपि यो स्किन आफैं निको हुन सक्दैन, तर बिग्रिएको भाग केही सेकेन्डमै हटाएर नयाँ मोड्युल जडान गर्न सकिन्छ।

अनुसन्धानकर्ताहरूका अनुसार पीडा महसुस गर्ने क्षमताले रोबोटलाई अझ ‘मानवजस्तै’ व्यवहार गर्न सक्षम बनाउनेछ। यसले मानिस र रोबोटबीचको सहकार्य, संवेदनशीलता र सुरक्षा बढाउने अपेक्षा गरिएको छ।

विशेषगरी वृद्धबृद्धा हेरचाह, अस्पतालमा बिरामीको सेवा, र घरेलु सहायक रोबोटहरूमा यो प्रविधि गेम चेन्जर सावित हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.