आईतवार, असार १४,२०८३ 10:55:30
Bizshala
  • आईतवार, असार १४,२०८३ 10:55:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वीरगन्जमा विरोध प्रदर्शन रोक्ने निर्णय, कर्फ्यु हटाइयो

Laxmi Sunrise Bank Limited
वीरगन्जमा विरोध प्रदर्शन रोक्ने निर्णय, कर्फ्यु हटाइयो

काठमाण्डौ । पर्सा जिल्लामा जारी विरोध प्रदर्शनका कारण वीरगन्जमा लागू गरिएको कर्फ्यु आज हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गरेको छ।

बैठकमा आन्दोलन वा विरोध प्रदर्शन सञ्चालन गर्न पूर्व सूचना र प्रमुख जिल्ला अधिकारीको अनुमति लिन अनिवार्य गर्ने व्यवस्था गरिएको छ। भविष्यमा धार्मिक, सामाजिक वा सद्भाव विरुद्धका गतिविधिहरू रोक्न र आवश्यक कानुनी कारबाहीका लागि स्थायी ‘सद्भाव संयन्त्र’ गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। 

New Office
CG Motors
Garima Development Bank

स संयन्त्रमा हिन्दु समुदायबाट रञ्जित साह र रञ्जन सिंह, मुस्लिम समुदायबाट महमद महबुब अलि (शेरु) र अलि असगर मदनी, साथै अन्य आवश्यक धार्मिक समुदाय र जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि रहनेछन्। नेपाल पत्रकार महासंघका अध्यक्ष र नागरिक समाजका प्रतिनिधि पनि यसमा रहनेछन्।

बैठकले सञ्चार माध्यमहरूलाई धार्मिक, सांस्कृतिक र सामाजिक सद्भावमा खलल नपर्ने गरी समाचार सम्प्रेषण गर्न अनुरोध गर्ने निर्णय गरेको छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.